nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : लालपुर्जा नेपाली, खेत भारतमा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १५, २०७८, ७:१७ मध्यान्ह
धनुषा : लालपुर्जा नेपाली, खेत भारतमा

सन्तोष सिंह/धनुषा/माघ १५ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको चोरापाखर जमुनी नदी किनारको फुलहर घाटमा नयाँ सीमास्तम्भ राखिएपछि नेपालीको खेत भारततर्फ परेको छ । पुस्तौंदेखि भोगचलन गर्दै आएको खेत पारि परेपछि स्थानीय समस्यामा परेका छन् ।

हातमा लालपुर्जा भए पनि जग्गा भारतमा परेको स्थानीय मायाशंकर यादवले बताए । ‘खेतको बीचमै २८९/२ नम्बरको मझौला सीमास्तम्भ गाडिएको छ,’ उनले भने, ‘भारततिर परेको ११ कट्ठाभन्दा बढी जग्गा भोगचलन गर्न वञ्चित भएको छु ।’ उनको कित्ता नम्बर ४३४ र ४३५ खेतीयोग्य जग्गा छ । भारततर्फ परेको जग्गाको मालपोत भने नेपाल सरकारलाई नियमित बुझाउँदै आएको उनले बताए ।

यो क्षेत्रमा पछिल्लो पटक २०७६ माघमा सीमा निर्धारण गरिएको थियो । नेपाल–भारत प्राविधिकको टोलीले सीमास्तम्भ नेपालतर्फ अतिक्रमण गरी राखिदिएको स्थानीय बताउँछन् । जसका कारण यहाँका ६० परिवारको खेत भारततिर परेको छ । पहिला नदी नै सिमाना भए पनि बहावले क्षेत्र परिवर्तन गरेपछि राखिएको सीमास्तम्भ ६० मिटरभन्दा बढी नेपालतर्फ च्यापिएको छ । ‘लालपुर्जामा खेत नेपालीको भए पनि सिमानाले भारतीय भूमि बनाइएको छ,’ स्थानीय बबलु यादवले भने, ‘बीच खेतमै स्तम्भ राखिएपछि जोतभोग गर्न भारतीय प्रहरीले रोकेको छ । आफ्नै खेतको अनाज काट्दा भारतीय सुरक्षाकर्मीको धम्की र दुर्व्यवहार सहनुपरेको छ ।’

सिमानामा नयाँ स्तम्भ राख्दा पुस्तौंदेखि खेती गर्दै आएका मुखियापट्टी मुसहरनिया–२ का ६० परिवारको ५० बिघाभन्दा बढी खेत भारतमा परेको उनीहरूको भनाइ छ । खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएकी फियान नेपालका मधेस प्रदेश प्रमुख नन्दनी यादवका अनुसार पाँच पुस्तादेखि भोगचलन गर्दै आएका गाउँलेको खेत भारततर्फ गएपछि ६० मध्ये २६ परिवारले खेतीयोग्य जमिन पूर्ण रूपले गुमाएका छन् ।

यस्तै, चोरापाखर फुलहर घाटमा शिलान्यास गरिएको झोलुंगे पुलको योजना अलपत्र भएको छ । निर्माणमा भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मीले अवरोध गरिरहेका छन् । जमुनी नदीमा पुल बनाउन गाउँपालिकाले ४९ लाख बजेट विनियोजन गरेको थियो । ३२ मिटर लम्बाइको झोलुंगे पुलको निर्माण गर्न एसएसबीले रोकेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष धनवीर यादवले बताए ।

‘सीमा क्षेत्रबाट करिब ५० मिटरभित्र नदीको वारिपारि नेपाली भूमिमा पुल बनाउन निर्माण सामग्री खसालेपछि भारतीय सुरक्षाकर्मीले बनाउनै नदिएर रोकिएको छ,’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीले सबै कागजात माग गरे, हामीले बुझायौं । कागज बुझाएको महिना दिन भयो, बनाउन दिएका छैनन् ।’

जमुनी खोलाका कारण किसानलाई खेत आवतजावतमा समस्या परेपछि पुलको योजना बनाइएको गाउँपालिका अध्यक्ष मनोज यादवले बताए । ‘पुल शिलान्यास गरे पनि भारतीय पक्षको अवरोधका कारण निर्माण कार्य अगाडि बढाउन सकेका छैनौं,’ उनले भने ।

धनुषाका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदीले यसबारे नेपाली सुरक्षा निकायमा जानकारी आएको बताए । उनका अनुसार उक्त पुल निर्माण हुने क्षेत्र भारतीय पक्षले आफ्नो भूमिमा परेको दाबी गरेका छन् । ‘पुल निर्माणको लोकेसन भारतीय पक्षले आफ्नोमा परेको दाबी गरेको छ तर यो विषयमा छलफल भएको छैन,’ उनले भने । सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले पुल निर्माणमा हस्तक्षेपबारे कुनै जानकारी नआएको बताइन् ।

साभार स्रोत-कान्तिपुर अनलाईन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!