सिरहा/माघ ११ गते।सिरहामा घरायसी विवादमा एक पिताले आफ्नै छोराको ह त्या गरेका छन् ।
जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा आज बिहान ६० वर्षीय सोनाई सदायले बन्चरो प्रहार गरी ३० वर्षीय प्रमेश्वर सदायलाई ह त्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।
ह त्या अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका–२ पट्ना बस्ने ६० वर्षीय सोनाई सदायलाई मंगलबार बिहान प्रहरीले प क्राउ गरेको हो ।
घरायसी वाद विवादको क्रममा सोनाईले आफ्नै छोरालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृ त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post