जलेश्वर/माघ ९ गते । महोत्तरीको सोनमा गाउँपालिका– १ सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ।
शनिवार राति पसलमा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा आगलगी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको छ।
गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए ।आगलगीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ।-रासस














Discussion about this post