जनकपुरधाम/माघ ३ गते। प्रदेश २ को नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले भोली(मंगलबार)बिदाको घोषणा गरेका छन् ।
मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएका छन् ।
मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जना स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेको थियो । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मधेस प्रदेश र राजधानी जनकपुर भएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा ।’
Discussion about this post