धनुषा/पुष १ गते।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा एक किराना पसलमा आगो लागेपछि किरानी पसल जलेर खरानी बनेको छ । पसल जलेपछि लाखौंको क्षति भएको छ ।
प्रहरीका अनुसार सन्दिप चौधरीले सञ्चालन गरेको सप्तरङ्ग किराना पसलमा बुधबार राति आगलगी भएको हो । आगलागीबाट पसलको सम्पूर्ण समान जलेर नष्ट भएपछि करिब १४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताए ।
आगलगीका कारण खुल्न सकेका छैन । तर विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगलगाी विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
स्रोत साभार-ईजनकपुर टुडे बाट





















Discussion about this post