महोत्तरी/मंसिर २३ गते । धनुषा प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पेस्तोल सहित नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा पर्नेमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवान रहेका छन् ।
गणेशमान चारनथ नगरपालिका–९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा पासवानलाई गएराति प्रहरीले प क्राउ गरेको हो।
अपरिचित ४/५ जना मानिसहरुको समूहले हात–हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत गरी २ लाख बराबरको धनमाल लुटेका थिए।
सो खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरबझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये पासवानलाई प क्राउ गरेको हो।
पासवानको साथबाट सानो पेस्तोलमा लाग्ने ३ राउण्ड लोड भएको १ थान म्यागाजिन समेत प्रहरीले बरामद गरेको छ।
लुटपाटमा संलग्न हाल फ रार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





















Discussion about this post