धनुषा/मंसिर १६ गते। धनुषामा सामूहिक बला त्कारको आरोपमा दुई युवक प क्राउ परेका छन् । जनकपुरको एक होटेलमा बालिकालाई तीनदिनसम्म ब न्धक बनाएर सामूहिक बला त्कार गरेको आरोपमा धनुषाको विदेह नगरपालिका–४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र ३२ वर्षीय अरुणकुमार महरा प क्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प क्राउ परेकामध्ये जितेन्द्रलाई तीन दिनअघि जनकपुरबाट प क्राउ गरिएको हो । त्यस्तै अरुणलाई भने विदेह नगरपालिकाबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
आरोपितहरुमाथि पीडित बालिकाकी सानीआमाले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी थिइन् । बे पत्ता भएको तीन दिनपछि घर आएकी बालिकाले घटनाबारे जानकारी गराएपछि असोज ६ गतेकै दिन प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएको सानीआमा शनिचेरीदेवीले बताइन् ।
उजुरीमा आरोपितहरुले भतिजी पर्ने बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा ब न्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जब र्जस्ती क रणी गरेको आरोप छ ।बालिकाकी आमाको मृ त्यु भइसकेको र बुवाको मानसिक सन्तुलन ठीक नभएको स्थानीयले बताएका छन् ।
साभार स्रोत-न्युज २४ अनलाईन बाट





















Discussion about this post