nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

काँग्रेस प्रदेश २ का संसदीय दलका नेताद्वारा प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ६, २०७८, ७:२१ मध्यान्ह
काँग्रेस प्रदेश २ का संसदीय दलका नेताद्वारा प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा

अजय कुमार झा/जनकपुरधाम/मंसिर ६ गते ।नेपाली काँग्रेसका प्रदेश नंं २ का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पार्टीको १४ औँ महाधिवेशनमा प्रदेश नंं २ को सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नै यादवले ४८ वर्ष देखि काँग्रेसको लागि काम गरेको र पटक पटक गरेर साढे तीन वर्षसम्म जेलनेल पनि भागेकाले आफू प्रदेश समितिको सभापतिका लागि योग्य भएको भन्दै उम्मेदवारी दिएको बताउनु भयो ।

उहाँले आफू २०२९ सालमा नयाँ शिक्षा पद्धतिको विरुद्धमा भएको आन्दोलनबाट विद्यार्थी राजनीतिबाट यात्रा शुरु गरेको बताउँदै त्यसपछि निरन्तर रुपमा जिल्ला सचिवका साथै २०४९ सालमा जिल्ला विकास समितिको सभापति पद, नेपाली काँग्रेस धनुषाका सभापति भएर काम गरेको बताउनुभयो ।

यसका साथै रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामको स्वतन्त्र विद्यार्थी युनियनका सभापति पनि भएर कामकाज गरेको बताउनु भयो । उहाँले वि पी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, विमलेन्द्र निधिसँग पनि पार्टीमा कामकाज गरेको बताउँदै प्रदेशमा काँग्रेसको सङ्गठन अझ बढी सुदृढ गर्नका लागि सभापतिको घोषणा गरेको बताउनुभयो ।

एक प्रश्नको जिज्ञासामा प्रदेश नंं २ का मन्त्री समेत रहनु भएका यादवले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि घोषणा गर्नु भएका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीका कुनै पनि नेता भन्दा योग्यता, क्षमता, पार्टीमा भएको लगानी तथा बुद्धिले कमजोर नभएकाले आफूहरू उहाँको साथमा रहेको बताउनुभयो ।

प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नु भएका यादवले आफू सभापतिमा निर्वाचित भएपछि पार्टी सङ्गठनलाई मजबुत बनाउनुका साथै पार्टीको प्रदेश स्तरीय पार्टी कार्यालय बनाउने घोषणा पनि गर्नु भयो ।

नेपाली काँग्रेस धनुषाको अहिले रहेको भवनलाई पनि राम्रो बनाएर सोही ठाउँमा भव्य एवं आकर्षक भवनको निर्माण गरेर कार्यकर्ताहरूको भावनालाई कदर गरेर प्रदेश नंं २ मा पार्टीलाई १ नम्बर पार्टी बनाउने बताउनुभयो ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!