धनुषा/कार्तिक ३० गते।धनुषामा एक युवाले आ त्मह त्या गरेका छन् ।मिथिला नगरपालिका–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका–५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आ त्मह त्या गरेका हुन् ।
झुण्डिएको बेला अचेत फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा ल्याउने क्रममा मृ त्यु भएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । मृतक महतोको खल्तीमा सुसा इड नोटसमेत फेला परेको उनको भनाइ छ ।
सुसाइड नोटमा उनले ससुरालीमाथि आरोप लगाउँदै लेखेका छन्, ‘ससुरालीका सबै परिवारजन मिलेर सोमबार नि र्घात कुट पिट गरेकाले मेरो मृ त्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने छन् ।’
सुसाइड नोटमा लेखिएको छ ‘म रामचन्द्र महतो म आफ्नो पुरै होस हवासमा लेख्दै छु की मेरो यदि कुनै कारणवस मृ त्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरुको हुने छ’ उनले सुसाइड नोटमा अगाडी लेखेका छन् ‘ किनकी मलाई उनीहरुले मिति २०७८।७।२९ गतेका दिन बेलुका तिर सबै जना मिली कु टेको छ र टर्चर गरेकोले मलाई यसले धेरै मन दुख्ने गाली गरेकोले म आ त्मह त्या गर्न गइरहेको छु ।’उनले सुसाइड नोटमा आफ्नो हस्ताक्षर समेत गरेका छन् ।
मृ तक महतोको श व पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए । मृ तक महतोले ५ वर्ष अघि प्रेम विवाह गरेका थिए । उनका दुई छोरा छन् ।घरभन्दा केहि पर मात्र ससुराली भएकाले प्रायः ससुरालीघरमा आउजाउ गर्ने गरेका थिए ।





















Discussion about this post