जनकपुरधाम/कार्तिक २४ गते। धनुषाको सबैलामा श्रीमती ह त्या आरोपमा प्रहरीले श्रीमानलाई प क्राउ गरेको छ ।
सबैला नगरपालिका–३ की ३० वर्षीया श्रीमती अजमेरी खातुनको ह त्या आरोपमा प्रहरीले ३५ वर्षीय श्रीमान लालबाबु साफीलाई प क्राउ गरेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए ।
छोरा नजन्माएको भन्दै श्रीमानले श्रीमतीको घाँटी थि चेर ह त्या गरेको मृ तक अजमेरीको माइती पक्षले आरोप लगाएको छ । लामो समयदेखि छोरा नजन्माएको र दाईजो नल्याएको भन्दै यातना समेत दिएको माइती पक्षको आरोप छ ।
कार्तिक ८ गते राती र क्सी खाएर श्रीमान साफीले घरमा सुतिरहेकी श्रीमतीको घाँ टी थि चेर ह त्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।
मृ तकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाड पर्वको कारण घटनाको अनुसन्धान प्रभावित भएको र छठ पछि अनुसन्धानलाई तीब्रता दिइने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सिग्देलले बताए ।
साभार स्रोत-जनकपुर टुडे बाट





















Discussion about this post