सप्तरी/असोज २८ गते।आज नवमीको दिन तिलाठि कोइलाडी गाउँपालिकाको कोइलाडीस्थित श्री दुर्गा मन्दिरमा भव्य पूजा हुने गर्छ।
घटस्थापनादेखि दशमीसम्म प्रत्येक दिन ब ली चढाउने परम्परा छ। यो परम्परा करिब दुई सय वर्ष अगाडीदेखि चल्दै आएको जानकारहरु बताउँछन्।
मन्दिरमा आज भक्तजनको घुँइचो देखिएको थियो। यँहा कोइलाडी लगायत आसपासका ५०/६० गाउँका भक्तजनहरु आउने गर्छन्। र मनाेकामना पूरा हाेस भन्दै ब ली चढाइन्छ।
नवमीको दिन आज मन्दिरमा ८ सय बोका र ४० राँगाको ब ली दिइएको छ। स्थानीयवासी मुकुश सिंहका अनुसार यँहा हरेक वर्ष ७ सय देखि ८ सयसम्म बली चढाइन्छ।
साभार-अन्नपूर्ण पोस्ट बाट















Discussion about this post