nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलामा हराउँदै दशहारा पर्वको लोक परम्परा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २७, २०७८, ३:२७ मध्यान्ह
मिथिलामा हराउँदै दशहारा पर्वको लोक परम्परा

महोत्तरी/असोज २७ गते । बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती÷बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् ।

मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोक परम्परा केही वर्षयता हराउँदै गएका हुन् । दशहारा ९बडादसैँ० सुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल ९नगरा० र बस्ती÷बस्तीमा गरिने झिंझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा देखिन छाडेको हो ।

ढोल बज्न छाडेर बस्तीबस्तीमा झिझिया पनि हराउँदै गएपछि पाका पुस्ताका मैथिललाई दशहारा आएजस्तो लागेको छैन । “कतै ढोल बजेको सुनिँदैन, न झिझिया नाच नै देखिन्छ ”

भङ्गाहा नगरपालिका–४ रामनगरका ८५ वर्षीय रामनन्दन महतो भन्नुहुन्छ, “दसैँ पर्व लागेजस्तो नै बुझिन्न । ” बस्तीमा ढोल नबजेको र राति झिझियाको लय सुन्न नपाइएपछि दसैँ लागेको अनुभूति नै नभएको उहाँको भनाइ छ ।

महोत्तरीसहितका मिथिलामा दसैँ पर्वको नवरात्र सुरु भएसँगै बस्तीका घरैजसो ‘दसैँ के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राती महिलाले सामूहिकरुपमा गीत गाउँदै नाचिने झिझिया देख्न छाडिएपछि रामनन्दनजस्तै यसभेगका सर्वसाधारणले चिन्ता जनाएका छन् । “बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब हाम्रो के पहिचान रहला रु ” जलेश्वर नगरपालिका–५ चौडिया बस्तीकी दानादेवी नेपालीले भन्नुभयो ।

दसैँ पर्वको घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा बजाउँदै ‘दसैँ के ढोल’ भनेर कराउँदै हिँड्दा ससाना नानीहरु उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथाजस्तै भएको बुढापाका बताउँछन् । यसैगरि नवरात्र सुरु भएकै दिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्याङ्गनाको समूह पनि अब पातलिदै गएको छ । ‘तोहरे लागि झिझिया बनैली हो बरमबाबा।।।१’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता ९ब्रह्मस्थान० स्थलमा पुगेर बडादसैँमा मिथिलानीले सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेपछि बूढापाका मैथिलको चिन्ता बढेको हो ।

गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिँडडुल गर्न छाडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअगालेपछि अब दसैँको ढोल बज्न छाडेको हो । “के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा÷नाति ढोल बजाउन चाँहदैनन् , के गरौ रु” भङ्गाहा–४ रामनगरकै चमारटोलका ७० वर्षीय चमार समुदायका अगुवा रघुवर राम चमारले भन्नुभयो । दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य अरब राष्ट्र जान थालेपछि पुख्र्यौली रितिथिति र पेशा थाम्ने कुरा ओझलिएको चमार जातिका अगुवा बताउँछन् ।

यसैगरी असुर प्रवृतिविरुद्घ सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दसैँ पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो । “दसैँ लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन, देखिन छाडेको छ”, जिल्लाकै भारतीय सीमावत्र्ती सम्सी गाउँपालिकाको सम्सी बस्तीका दीपनारायण साहले भन्नुभयो । पछिल्ला केही वर्षयता गाउँ÷नगर बस्तीमा डिस्को बाजासँगै कर्कस स्वरमा बजाउन थालिएको गीत र त्यसको तालमा उफ्रदै नाच्ने जमातप्रति साहको चित्त दुखाइ छ । “हाम्रो आफ्नै परम्परामा मनोरञ्जनका साधन र विधि छन्, हाँस्न, खेल्न तिनको अनुशरण गरे त भयो नि १” तत्कालीन सबिधानसभा सदस्य समेत रहनु भएका साहले भन्नुभयो, “तर अब हाम्रा मनोरञ्जनका विधि सबै छोडिदै गएका छन् ।”

दसैँ लागेपछि अघि सत्य युगमा देवी दुर्गाबाट पराजित भएका दुष्टात्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुखः दिन सक्ने रुढी विश्वासका आधारमा यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई ‘झिझिया’ भनिन्छ । असङ्ख्य ससाना प्वाल पारिएको माटोको गाग्रो ९घैँटो० भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको अगुवा महिला नै बताउँछन् ।

“हुन त यो रुढी विश्वासको परम्परा हो”, भङ्गाहा नगरपालिकाका उपप्रमुख गङ्गादेवी सिंह दनुवारले भन्नुभयो, “तर मिथिला संस्कृतिको अभिन्न अङ्ग भनिने गरिएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ ।” तान्त्रिक विधिको यो गीत–नृत्य अब एक समयको कथाजस्तो बनी सकेको उपप्रमुख दनुवारको थप भनाइ छ । मिथिलामा हराउँदै गएको यो संस्कृतिलाई केही वर्षयता गैर सरकारी सामाजिक सङ्घ संस्थाले यदाकदा देखाउने गरेका भए पनि जनमनबाट भने हराउँदै गएको यहाँका बुद्धिजीवीको भनाइ छ । “यो औपचारिक कार्यक्रममा मञ्चन गरिने होइन, संस्कृतिसँग जोडिएको कुरा हो”,े मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ ९संस्कृत क्याम्पस० का उपप्राध्यापक ध्रुव रायले भन्नुभयो, “गैरसरकारी संस्थाले मञ्चमा मञ्चन गरेर यो थेगिदैन, जनमनले नै थेग्नुपर्छ ।” मिथिला संस्कृतिको अभिन्न अङ्ग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउनसँगै पहलकदमी लिन पर्ने रायसहितका बुद्धिजीवीको सुझाव छ ।

झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिष्कृत गर्न पर्ने अगुवा मिथिलानी बताउँछन् । यस्तो गर्न सकिएमा लोकपरम्पराको जगेर्ना र वर्तमान आवश्यकताको कुरा व्यक्त हुनसक्ने भङ्गाहा–३ कटैयाकी रामराजी यादवको भनाइ छ । “नयाँ पुस्ताका युवा छोरी–चेली वास्ता देखाउँदैनन्’ उहाँले भन्नुभयो, ‘अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथाजस्तो गरि सुनाउने स्थिति भइसक्या, यो अवस्था अन्त्यका लागि हामीले नै पहलकदमी लिनपर्छ ।”

‘चलचल गे डैनिया कदम तर तोरा बेटाके खैबौ बरमतर’ दुष्टआत्माकी भनिएकी कथित बोक्सीलाई सतोसराप गर्दै गाइने यी गीत र यसको तालमा नाचिने झिझिया नृत्यलाई यसैको ताल र लयमा नयाँ परिवेशसँग मिलाएर अघि बढ्न पर्ने आवश्यकता अब औंल्याइदो छ । “अब डायनी, बोक्सी भनेर गाली गरिने गीतको भावमा अधिकार प्राप्तिका लागि सचेतता बढाउने, रुढी परम्पराको ठाउँमा समानता र न्यायका पक्षका लडाँइका भाव मिलाउनु पर्छ”, बर्दिवास–९ कै अगुवा महिला नेतृ गीतादेवी महतो भन्नुहुन्छ, “झिझियालाई यसरी परिष्कृत गर्दै अघि बढे यसलाई मुलुकको समानता र न्यायको आन्दोलनकै अङ्ग बनाउन सकिनेछ ।”

झिझिया गीतमा देवी दुर्गाको प्रार्थना, बोक्सी भनिने दुष्टआत्मालाई गाली र सन्तानको कल्याण र दीर्घायूको कामनाको भाव हुन्छ । गीतको तालमा असङख्य प्वालैप्वाल भएको घैँटो टाउकोमा राखेर नाच्ने महिलाको नृत्यताल मनमोहक हुने गर्छ । भित्र बत्ती बालिएको सो घैँटोमा पारिएका प्वाल दुष्टआत्माले गन्यो भने नाच्नेको मृत्यु हुने भनाइ रहेकाले नाच्ने महिला फनफनी नाचेर प्वाल गन्न नसकिने अवस्था बनाउँछन् । मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिने यो परम्परा अब लोप हुने अवस्थामा पुगेको हो ।

Tags: बडादसैँ विशेष

Discussion about this post

Related Posts

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा आराधना गरिँदै

नवरात्रको दोस्रो दिन : माता ब्रह्मचारिणीको महिमा, उत्पत्ति, पूजा विधि र फल प्राप्ति

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

जनकपुरधाममा खुल्यो याडियाको आधिकारिक शोरूम,विद्युतीय स्कुटर र मोटरसाइकल उपलब्ध

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

हत्या आरोपीसँग हतियार प्रदर्शन गर्दै टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

मटिहानीमा बडादशैँको सुरुवातसँगै भव्य शान्ति कलश शोभायात्रा

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

जनकपुरधामका शक्तिपीठमा घटस्थापनासँगै भक्तजनको घुइँचो

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

बारामा गस्तीका क्रममा ५५ किलो गाँजा बरामद, यादव पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि