जनकपुरधाम/असोज २७ गते।दसैँको आठौँ दिन जनकपुरधामका शक्तिपीठहरूमा खोँइछ भर्न लड्डु चढाउन श्रद्धालु भक्तजनहरूको भिड लागेको छ ।

राजा जनकको कुल देवी रहेको राजदेवी मन्दिर सहित जनकपुरधामको विभिन्न स्थानमा विवाहित महिला श्रद्धालु भक्तजनहरूले सप्तमी तिथि देखि नै खोँइछ भरिरहेकी छिन् ।

खुइच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको छ ।

खोँइछ भर्नको लागि हजारौँको सङ्ख्यामा महिला श्रद्धालु भक्तजनहरू समेत राजदेवी मन्दिर,अन्नपूर्णा देविको मन्दिर,बैधीमाईको मन्दिर सहित मुरली चौक, पिडरीयामाइ स्थान लगायतका स्थानमा खोँइछ भरिरहेकी छिन् ।त्यस्तै प्रसाद चढाउनको लागि गए राति ११ बजे देखि नै श्रद्धालु भक्तजनहरू पङ्क्तिमा लामबद्ध छन् । हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू प्रसाद चढाउन पङ्क्तिमा लामबद्ध भएका हुन् ।सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै महिलाहरु खोइँच भर्ने गर्दछन् ।

राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरूको भिड लाग्ने गर्दछ । मिथिलामा छोरीको बिदाइ भन्दा पहिले खोँइछ दिने परम्परा रही आएको छ । आजै साँझ देखि ब ‘लि प्रदान दिने भएको छ । सोको लागि नेपाल सहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरू बोका ब ‘लि
प्रदानका लागि राजदेवी मन्दिरमा आउने गर्छन् । प्रत्येक वर्ष यहाँ राजदेवी मन्दिरमा मात्र हजारौँको सङ्ख्यामा बोका ब ‘लि प्रदान हुने गरेको छ । यस वर्ष २० हजार भन्दा बढी बोका ब ‘लि प्रदान हुने अनुमान गरिएको छ ।
हेर्नुहोस तस्विरहरु
































Discussion about this post