nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको सोनामाई मन्दिरमा भूतमेला सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २५, २०७८, ७:५७ मध्यान्ह
महोत्तरीको सोनामाई मन्दिरमा भूतमेला सुरु

महोत्तरी/असोज २५ गते। महोत्तरी जिल्लाको प्रसिद्ध देवी शक्तिपीठ सोनामाई मन्दिरमा भूतमेला सुरु भएको छ ।

औरही नगरपालिका–७ भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रको पाँचौँ दिन(पञ्चमी तिथि)मा सुरु हुने सो मेला तिथिको घटबढले चौथौ दिन आजै सुरु भएको हो ।

बिहान सूर्योदयपछि सात घडी १३ पला बितेसँगै पञ्चमी तिथि भएकाले आजै मेला प्रारम्भ भएको मन्दिर व्यवस्थापन समितिले जनाएको हो । तिथिको भोगअनुसार आज बिहान ८ बजेपूर्व नै पञ्चमी प्रारम्भ भएको मैथिल कर्मकाण्डका ज्ञाताले बताएका छन् ।

नवरात्रको पञ्चमीदेखि नवमीसम्म  आयोजना गरिने मेलामा दुष्टात्माबाट सताइएका भक्तजनले देवीसँग कष्ट निवारणका लागि पुकार गर्छन् । भूतप्रेत, बोक्सा–बोक्सी र दुष्टात्माले सताइएका भक्तजन देवीको दर्शन र पुकार पछि  निको भएर जाने गरेका विश्वास गरिन्छ ।

वर्षौँदेखि भूत, पिसाच, जादु र टुनाको कुचक्रका साथै  बोक्साबोक्सीबाट सताइएकाहरू जीवन र मृत्युको दोसाँधमा परेपछि सोनामाईको सीमा क्षेत्रमा पुग्नासाथ कसबाट सताइएको हो आफैँ बक्ने गरेको देखिन्छ । यस्ता दुःखीहरु देवीको शक्तिले मन्दिर सीमा क्षेत्रमा प्रवेश गरेलगत्तै लड्दै, रुँदै, हाँस्दै र विभिन्न असमान्य गतिविधि देखाउँदै मुख्य मन्दिरमा पुगेपछि सोनामाईको कृपाले निको भएर घर र्फकने गरेका मन्दिरका मुख्य पुजारी केदार झा बताउछन् ।

पञ्चमीदेखि नवमी तिथिभरि रहने मेलामा प्रदेश नं २का र छिमेकी मुलुक भारतको सीतामढी, मधुवनी, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लाका भक्तजनको घुइँचो लाग्ने गरेको छ । दुष्टात्माका कारण रातदिन दुःखी र पीडित भएका कारण पीडितहरू देवीको कृपाले निको भएर हाँस्दै घर फर्कने गरेका भोइलवासी बताउँछन् ।

सोनामाई शक्तिपीठमा दर्जनौं धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने यस अवधिमा माता दुर्गा यहाँ प्रत्यक्ष विराजमान भएर पीडितको कष्ट निवारण गर्नुहुने मुख्य पुजारी झाको भनाइ छ । माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा फेरि कहिल्यै पनि यस्तो असर नहुने जनविश्वास छ ।

मेलाको परम्परागत र सांस्कृतिक महत्व भए पनि भूतमेलासँग जोडिएर आउने बोक्साबोक्सी र कथित दुष्टात्माको कुरा भ्रममात्र भएको नयाँ पिँढीका व्यक्ति बताउँछन् । बडादसैँ पर्वमा देवी दुर्गाको महत्ता उजागर हुनु तथा मातृसत्ताप्रति श्रद्धाभाव जगाइनु राम्रो र उन्नत संस्कार भए पनि यससँग जोडेर भूतप्रेत, बोक्साबोक्सी जस्ता अन्धविश्वासको पछि लाग्नु समाजको अग्रगतिका लागि बाधक रहेको नयाँ पिँढीका युवाको भनाइ छ ।

Tags: धर्म संस्कृतिमहोत्तरी खबर

Discussion about this post

Related Posts

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि