धनुषा/असोज २३ गते।धनुषामा दुई छोराको ह त्यापछि आमाले आ त्म ह त्या गरेकी छिन् ।
धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको ह त्यापछि आ त्म ह त्या गरेकी हुन् ।
धनुषा प्रहरीका अनुसार छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर ह त्या गरेपछि आमा गुडियाले पनि पासो लगाएर आ त्म ह त्या गरेकी हुन् ।
गुडियाका श्रीमान् गुरुदेव साह बिहानै कामको सिलसिलामा जनकपुर आएको बेला दुई छोरासहित उनले आ त्म ह त्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।उनका अनुसार साँझ घरमा वृद्ध सासु ससुरामात्रै थिए। श्रीमानलाई गुडियाले फोन गरेको केहीबेरपछि गुडियाले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताएका छन्।
तीनैजनाको श व पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















Discussion about this post