nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : जिस्काउने केटालाई प्रहरीले कारबाही नगर्दा ममताले गरिन् आ त्म ह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १४, २०७८, १२:३४ मध्यान्ह
धनुषा : जिस्काउने केटालाई प्रहरीले कारबाही नगर्दा ममताले गरिन् आ त्म ह त्या

धनुषा/असोज १४ गते।यो घट्ना धनुषा को हो गत भदौ २३ गते ट्यूसन पढेर घर फर्किँदै थिइन् १२ वर्षिया बालिका ममता कामत । बाटोमा उनलाई केही युवकहरुले अ श्ली ल शब्दसमेत प्रयोग गर्दै जिस्क्याए ।समाज जति शिक्षित र आधुनिक बने पनि बाटोमा एक्लै हिँडिरहेकी किशोरी/युवतीले सडकमा आवारा केटाहरुबाट दु र्व्य वहार भोग्नुपर्ने समस्या आज पनि उस्तै छ ।

त्यसमाथि मानसिकरुपमा परिपक्व नभइसकेकी बालिका थिइन् ममता । उनको कलिलो मस्तिष्कले यो दु र्व्य वहारलाई थेग्न सकेन । प्रहरी र समाजबाट समेत छिटो न्याय नमिलेपछि उनले आ त्म ह त्या रोजेकी छन् ।

धनुषाको जनकनन्दनी गाउँपालिका–४ का सुरेश कामतकी छोरी ममताले हिजो राति विष सेवन गरेको परिवारले जनाएको छ । गहुँमा प्रयोग गरिने विषादी सेवन गरेकी उनको जनकपुरस्थित हेल्थ केयर सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

गाउँकै एक विद्यालयमा ७ कक्षामा अध्ययनरत ममतालाई ट्यूसन पढेर फर्कदैँ गर्दा स्थानीय २२ वर्षीय संजय दास, २० वर्षीय कलेश्वर दास र १९ वर्षीय भिलबा दासलगायतले दुर्व्यवहार गरेका हुन् । उनीहरुले मोबाइल नम्बर लेखिएको एउटा चिर्कटो ज ब र जस्ती ममतालाई थमाएका थिए ।

केटाहरुले ‘नबोले बेइज्जत गरिदिने’ धम्की दिएपछि ममता भागेर घर गएकी थिइन् । घरमा पुगेर उनले बुवा–आमालाई घटनाबारे सुनाइन् । छोरीको कुरा सुनेपछि ममताका बुवा सुरेशले समाज डाके । समाज बसेकै बेला ममताका दाइ नातापर्ने बलिराम कामतले जबरजस्ती थमाइएको नम्बरमा फोन गरेर सम्झाउने प्रयास गरे । तर, फोन गरेको २४ घण्टा नबित्दै एक समूहले बलिराममाथि नै कु टपि ट गर्यो ।

त्यसपछि पीडित परिवार उजुरी दिन ईलाका प्रहरी कार्यालय खजुरीमा पुगे । तर प्रहरीले उजुरी दर्ता नमानेको ममताका बुवा सुरेशले बताए । प्रहरीले गाउँमै मिलापत्र गर्न दबाब दिएको उनको भनाइ छ ।

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि सुरेशले वडाध्यक्ष हरिचन्द्र कामतलाई गुहारे । भदौ २५ गते वडा कार्यालयमा छलफल भयो । वडाध्यक्षले दुवै पक्षलाई बोलाए । तर छलफल भइरहेका बेला जिस्काउने पक्षका रामउदगार दासले होहल्ला मच्चाए ।

‘रामउदगार दासले होहल्ला गरेपछि छलफल हुन सकेन’, वडाध्यक्ष कामत भन्छन्, ‘दुई पक्षबीच झडप नै भयो । एक जना घाइते पनि भए । त्यसपछि हामीले पीडित परिवारलाई प्रहरी कार्यालयमै पठाइदियौं ।’ घटनाको छानबिन गरी संलग्नहरुमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।

ममताले आ त्म ह त्या गर्नुमा प्रहरी दोषी भएको स्थानीय एवम् ममताका परिवारको बुझाइ छ । नातामा ममताका बाजे पर्ने धुपु कापर भन्छन्, ‘मृ त्यु भएको बचिया (बालिका) मेरो नातिनी हो । उनलाई तीन जना दास थरका केटाहरु जिस्काएका थिए । तर प्रहरीले कारबाही गर्न कुनै चासो देखाएनन् । अहिलेसम्म मुद्दा पनि दर्ता प्रहरीले गरेका छैन । बयानका लागि थानामा बोलाउँदा उनले विष सेवन गरिन् ।’

प्रहरीले उजुरी दर्ता गरेर जिस्काउने केटाहरुलाई कानूनी दायरामा नल्याउँदा दुर्घटना भएको उनको भनाइ छ । जिस्काउने केटाहरुलाई बचाउँन नेताहरु लागिपरेको उनको आरोप छ ।

‘जिस्क्याएको आरोप लगाउने बालिकाको बुवाले उजुरी दिनुभयो । तर बालिकालाई बयानका लागि ल्याउनु भएन’, ईलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर रवि मैनाली भन्छन्, ‘त्यसैले उजुरी दर्ता भएको छैन ।’

उनले उजुरी परेपछि आरोपित तीनैजना केटालाई बोलाएर बयान लिएको बताए । ‘बयानका क्रममा दोषी नदेखिएकोले आरोप लगाएकी बालिकालाई बयानका लागि बोलाएका थियौं’, उनले भने, ‘तर बयान दिन नआएपछि कसरी उजुरी दर्ता हुन्छ ?’ इन्सपेक्टर मैनालीले आर्थिक चलखेलमा परेर केटाहरुलाई बचाउन खोजेको पीडित पक्षको आरोप छ ।

साभार-टुडेखोज अनलाईन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!