जनकपुरधाम/असोज १२ गते।जनकपुरधामको अस्पताल रोडमा रहेको एक कपडा पसलमा भिषण आगलागी भएको छ ।
रामानन्द चौकबाट प्रादेशिक अस्पताल जाने बाटोमा रहेको महारानी वस्त्रालयमा मंगलबार करिब १२ बजेतिर आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगीलागी भएको पसल संचालकको एक जना आफन्तको भनाई छ ।बस्त्रालय खोलेर चौधरी पूजा गर्न मन्दिर पुगेका थिए । तर फर्केपछि बस्त्रालयमा आगो लागिसकेको थियो ।

आगलागीबाट पसलमा रहेको सम्पूर्ण कपडा जलेर नष्ट भएको छ । आगलागीबाट करोडौंको क्षती भएको छ । दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाईएको थियो ।
जनकपुरमा पटक पटक आगलगीका घटना हुन्छ । तर समयमा बारुण यन्त्र नपुग्दा बढी क्षति हुने गरेको स्थानीय बताउँछन् । पछिल्लो समय विद्युत सर्ट भएर आगो लाग्ने घट्न बढेको छ ।














Discussion about this post