जनकपुरधाम/असोज ११ गते।प्रदेश २ सरकारले जितिया पर्वको अवसरमा असोज १३ गते बुधवार महिलाहरुका लागि सार्वजनिक विदा दिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै सार्वजनिक विदाबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाहरुका लागि असोज १३ गते विदा समेत दिएको हुँदा सम्पूर्ण ब्रतालु महिलाहरुलाई निष्ठा पूर्वक जितिया पर्व मनाउन अपिल गर्दछु ।’
सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् ।उनले सबै प्रदेशबासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका हुन् ।
जितिया पर्व मनाउन महिलाहरुले यसबर्ष ३६ घण्टा उपबास बस्नुपर्ने बताइएको छ । आज नदी, पोखरी, तलाबलगायतका जलाशयमा महिलाहरुले स्नान गरी घिरौलाको पातमा तेल खँडी चढाएका छन् । चढाएको तेल सन्तानको शीरमा दलेर ब्रतालु महिलाले दिर्घायूको कामना गर्ने चलन छ ।















Discussion about this post