जनकपुरधाम/असोज १० गते।जनकपुरधामको पीडारीचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार जनकपुरबाट ढल्केवर तर्फ जान लागेको ना. ७ ख. ४७४१ नम्बरको टिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको ज्यान गएको हो ।
ठक्कर दिएर दासको घटनास्थलमै ज्यान गएपछि आक्रोसित स्थानीयले जनकपुरधामको पिडारी चोकमा टिपरमा आगजनी गरेका छन् ।

घटना अपराह्न साढे ४ बजेतिरको हो चौबाटोमा गलत बाटोबाट हिडेका दासलाई ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको पनि उनले बताए ।

आगजनीबाट टिपर क्षतिग्रस्त बनेको छ । स्थानीयले ठक्कर दिनेलाई कडा कारबाहीको माग गरेका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post