एजेन्सी/असोज ८ गते।दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ ।
हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको ह त्या गरेका छन् । उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन् ।
यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार गोगी पेशीका लागि अदालत आएका थिए । गोली लागेलगत्तै उनको ज्यान गएको छ ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए ।
उनीहरुले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए । प्रहरीको स्पेशल सेलको जवाफी कारवाहीमा दुबैको ज्यान गयो ।














Discussion about this post