जनकपुरधाम/भदौ ३० गते।जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा एक युवाको श व बरामद भएको छ ।
कपिलेश्वरनाथ मन्दिर नजिक चौतरमा मंगलबार विहान एक युवाको श व देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।
नाम र वतन नखुलेका मृतक अन्दाजी २० वर्षको रहेको छ । मृतकको सँगबाट गाँजा र दुई थान मोबाईल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रराम्भिक अनुसन्धानमा मृतकले लामो समयदेखि लागूऔषध र कुलतमा लागेको, गाँजा र रक्सी सेवन गर्दै आएको देखिएको प्रहरीले जनाएको छ ।





















Discussion about this post