मुम्बई/भदौ २३ गते । भारतीय स्ट्यान्डअप कमेडियन भारती सिंहले कुनै समय आफ्नो तौलकै कारण परिचय पाएको र कहिले पनि तौल नघटाउने बताएकी थिइन् । तर, कोरोना संक्रमणको दोस्रो लहरपछि पुनः सुरु भएको ‘द कपिल शर्मा सो’ मा देखिएकी उनी पहिले भन्दा निकै दुब्लाएकी छन् ।
अझ कमेडियन कपिल शर्माले उनलाई सोकै क्रममा ुपहिलेकै तौलकी मोटी भारती नै राम्रीु भएको भन्दै प्रतिक्रिया पनि दिएका थिए ।
भारतीले यो पछिल्लो एक वर्षमा १५ केजी तौल घटाएकी छिन् । भारती आफैँले भनेकी छन् कि उनले ९१ किलो तौलबाट ७६ किलो बनाएकी हुन् ।
“म आफैँ चकित छु कि मैले यति धेरै तौल कसरी घटाएँ भनेर । तर, साथसाथै म खुसी पनि छु, किनभने अहिले म अझै फिट र स्वस्थ महसुस गरिरहेकी छु । अहिले स्वासप्रस्वासमा त्यति समस्या हुँदैन र मेरो मधुमेह र आस्थमा पनि नियन्त्रणमा आएको छ,” भारतीले भनिन् ।
उनी इन्टरमिटेन्ट फास्टिङको माध्यमबाट आफ्नो तौल घटाउन सक्षम बनेकी हुन् । अर्थात उनी रातीको ७ बजेदेखि अर्को दिनको दिउँसोको १२ बजेसम्म केही पनि खाँदिनन् ।
भारतीकाअनुसार यो लकडाउने उनलाई आफूमा ध्यान दिन र व्यक्तिगत महत्वबारे सिकाएको छ । नवभारत टाइम्सबाट
Discussion about this post