धनुषा/भदौ २२ गते।जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी घुससहित रंगे हात अख्तियारको टोलीले पक्राउ गरेको छ ।
धनुषा सिडिओ कार्यालयका नायब सुब्बा उमेश चौधरीलाई जनकपुरधामको क्याम्पस चौकस्थित एक होटलमा सेवाग्राहीसँग साढे ८ हजार रुपैयाँ घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट आएको टोली प क्रा उ गरेको हो ।
नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएको बताइएको छ ।
कानूनी प्रक्रिया पुरा गरी अख्तियारको टोलीले आवश्यक कारबाही गर्न उनलाई बर्दिबास लगेको बताइएको छ ।
धनुषामा पछिल्लो समय भ्रष्टाचार बढेपछि अख्तियारका अधिकारीले निगरानी बढाएको छ ।














Discussion about this post