nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कुर्था-बिजुलपुरा रेलमार्गको ९० प्रतिशत काम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २०, २०७८, ९:३२ मध्यान्ह
कुर्था-बिजुलपुरा रेलमार्गको ९० प्रतिशत काम सम्पन्न

काठमाडौँ, भदौ २० गते । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काम मात्रै बाँकी छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग तयार भएर रेल सञ्चालन गर्ने तयारी भइरहँदा त्यसभन्दा अघिको खण्डमा निर्माण थोरै मात्रै बाँकी छ ।

भारतीय पक्षले ‘बिजलपुरासम्मको निर्माण चाँडो सकाउँछु’ भन्दै आएको रेल विभागका महानिर्देशक दिपककुमार भट्टराईले बताउनुभयो । उहाँका अनुसार यो समयसम्म सक्छु भनेर मिति नभनेपनि उसले चाँडो सक्छौँ भन्दै आएको छ । वर्षाभन्दा पहिले निर्माणस्थलमा काम भइरहेको थियो भने अहिले कामदार निर्माणस्थलमा छैनन् । उहाँले भन्नुभयो, “हामीले उनीहरुसँग कुराकानी गरिरहेका छौँ र चाँडो गर्ने भनेको छ ।”

कुर्थासम्म रेलको लाइन पुरानो नै भएकाले जग्गाको ठूलो समस्या नभएको महानिर्देशक भट्टराईले बताउनुभयो । त्यो ठाउँमा पुरानो लाइनलाई विस्तार मात्रै गरिएको थियो । बिजलपुरादेखि बर्दिवाससम्म नयाँ बनाउनुपर्ने भएकाले जग्गाको समस्या हुनसक्ने उहाँले बताउनुभयो ।

यस खण्डमा पूर्वाधारको काम शुरु नभएको उहाँको भनाइ छ । उहाँका अनुसार जग्गाको विवादका कारणले लामो समयसम्म पनि मुआब्जा वितरण हुन सकेन । अहिले धनुषा र महोत्तरीमा मुआब्जा निर्धारण भएकाले एउटा प्रक्रिया सकिएको उहाँले बताउनुभयो । अहिले मुआब्जाकै प्रक्रियामा सम्बन्धित जग्गाधनीले उजूरी गर्ने समय बाँकीे छ । उहाँले भन्नुभयो, “त्यो सकिएपछि नै थप काम अघि बढ्न सक्नेछ ।”

भारतीय पक्षले पहिले रेलमार्ग भएकै ठाउँमा पहिलेको सबै पूर्वाधार हटाएर नयाँ निर्माण शुरु गरेको थियो । पहिले ‘न्यारो गेज’ मा निर्माण भएकामा अहिले ‘ब्रोड गेज’ मा निर्माण अघि बढाइएको हो । यो रेलमार्ग निर्माणमा प्राविधिक र आर्थिक दुबै पक्ष भारतीयले गरिरहेको छ ।

जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ । नेपाल सरकार आफैँले निर्माण अघि बढाइरहेको पूर्व–पश्चिम रेलमार्ग पनि बर्दिवास नै भएर अघि बढ्नेछ । यी दुबै रेलमार्ग बर्दिवास नै भटिने गरी योजना बनाइएको छ ।

पहिलो खण्डमा कुर्थासम्मको निर्माण सकिएपछि नै बिजुलपुरासम्मको निर्माण अघि बढाइएको छ । यो खण्ड सकिएपछि बिजुलपुराबाट बर्दिवाससम्मको निर्माण अघि बढाइने विभागले जनाएको छ । लामो समयसम्म जग्गा विवादकै कारण कुर्था–बिजुलपुरा रेलमार्ग निर्माण अघि बढ्नसकेको थिएन भने अहिले पनि कहिलेसम्म सकिन्छ भन्ने टुङ्गो छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका क्रममा दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिए पनि एउटा यो र अर्को बथनाहादेखि विराटनगरको रेलमार्गमा मात्रै निर्माण भइरहेको छ । बथनाहादेखि विराटनगरमा १८ किमीमध्ये १० किमी निर्माण भइसकेको छ ।

अरु तीन स्थानमा भने सुरु नै हुन सकेको छैन । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । त्यो बन्द भएको लामो समयपछि त्योभन्दा नयाँ प्रविधिको रेलमार्ग निर्माण गरिएको छ ।

जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले गत वर्ष असोज २ मा दुई सेट रेल खरिद गरेको थियो । रेल सञ्चालनका लागि जनशक्ति, कार्यालयलगायत तयारी पूरा भए पनि सेवा शुरु भइसकेको छैन । कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण झण्डै दुई वर्ष पहिले नै सकिएको थियो । जयनगरदेखि कुर्थासम्मको लम्बाइ हाल ३५ किमी छ ।

कुर्थादेखि बिजुलपुरासम्म रेलमार्ग १७ किमी रहेको छ भने बिजुलपुराबाट बर्दिवाससम्म थप १७ किमी निर्माण हुनेछ । सबै खण्डमा निर्माण सकिँदा यो रेलमार्गको जम्मा लम्बाई झण्डै ७० किमी लम्बाइको हुने बताइएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!