जनकपुरधाम, साउन २० गते ।धनुषामा पोखरीमा एक किशोरको लास भेटिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का शुभालाल मजिहारको छोरा अन्दाजी बर्ष १५ को अमनको श व बुधबार दिउँसो करिब १२ बजेको समयमा नजिकै रहेको सार्वजनिक पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।

स्थानीयका अनुसार, उनले पानी समेत नखाएको देखिएकोले उनको मृ त्यू शंकास्पद रहेको छ ।
स्थानीयहरुले उनलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि उनको परिवारजनलाई खवर गरेको थियो ।घटनाको विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।














Discussion about this post