सप्तरी/श्रावण १५ गते।सप्तरीमा माछापोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । रुपनी गाउँपालिका–१ नकटिरायपुर बस्ने अवधिराम यादवका ६ वर्षीय छोरा युवराजको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
घरको छेउमा रहेको माछापोखरीमा बच्चाहरुसँग खेल्ने क्रममा डुबेर सिकिस्त भएका युवराजलाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post