धनुषा/श्रावण १४ गते। नगराईन नगरपालिका वड़ा नंबर- ५ गंगुलीका वडा- सचिव सुबोध झामाथि सांघातिक आक्रमण भएको छ।
श्रावण ११ गते दिनको १:४५ बजे गंगुली-५ निवासी राधेश्याम झा, भवन झा, आलोक कुमार झा लगायतका व्यक्तिहरू जाँडरक्सी सेवन गरी वडा अध्यक्ष उपस्थित रहेको कार्यकक्षमै पसेर वडा-सचिव सुबोध झामाथि सांघातिक हमला गरेका छन।
नम्र स्वभावका सचिव सुबोध झामाथि हमला हुनु दुःखद र निंदनीय रहेको वडा सचिव धर्मेंद्र मिश्रले जनाएका छन, ‘ हामी हदैसम्मको कानुनी कारवाहीको प्रकिया अगाडि बढाइसकेका छौं। त्यसै कारणले हामी सबै वड़ा सचिवहरु आन्दोलनमा छौं। वड़ा कार्यालयहरु बन्द रहेका छन।’
यता सो विषयलाई लिएर नगराइन नगरपालिकाका सबै सचिवहरू आंदोलनमा छन। सबै कामकाजहरू ठप्प छ। वडाका सचिव राजेश कुमार साह, अमृत नारायण मिश्र, बालकृष्ण झा, धर्मेंद्र कुमार मिश्र, राम बाबु चौधरी, पंकज पंजियार, अट्टू राज गोपाल, बाबु साहेब यादव, बच्चे लाल मण्डल, जयंती झा हस्ताक्षरित निवेदन जिल्ला प्रशासन कार्यालय धनुषामा पेश छ।
साभार-नेपलिक्स बाट





















Discussion about this post