उमेश कुमार साह/श्रावण १३ गते।सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित शत्रुध्न अस्पताल बोदे बर्साईनमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

अस्पतालका मेडिकल अधिकृत डा. अर्बिन्द्र कुमार यादव तथा शत्रुध्न अस्पताल बोदे बर्साईनको कार्यालय प्रमुख एयुब अलिका अनुसार विगत पाँच/सात दिनदेखि शत्रुध्न अस्पतालमा भाइरल ज्वरोका बिरामीको स¬ङ्ख्या ह्वात्तै बढेको हो । उनले अहिले अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताए। उनका अनुसार अहिले अस्पतालमा दैनिक औसतमा २५ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

केही दिनदेखि तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको डा साहले बताए । उनले मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताए।
बोदे बर्साईन नगरपालिका स्वास्थ शाखाको संयोजक बैधनाथ साहका अनुसार ,यस्तो अवस्थामा मानिसलाई नआत्तिन, झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन संयोजक साहले सबैलाई आग्रह गरेका छन ।















Discussion about this post