उमेश कुमार साह/श्रावण १२ गते।सप्तरीको सुरुङ्गा नगरपालिका–१० बाट मंगलबार प्रहरीले ४० वटा राँगा नियन्त्रणमा लिएको छ । प्रहरीद्वारा भारतबाट भन्सार छलेर अबैध रुपमा नेपाल ल्याएका राँगा नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर राँगा ल्याउदै गरेको सुचना पाएपछि प्रहरी टोलि खटाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाको प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासवानको कमान्डमा खटिएका प्रहरी टोलिले सुरुङ्गा नगरपालिका १० स्थित बलान खोलाको पश्चिम किनाराबाट राँगा नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् ।
पक्राउ परेको राँगा आबश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाएको सप्तरी प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उक्त ४० वटा राँगाको मुल्य २ लाख पर्ने ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले जनाएको छ ।














Discussion about this post