शुभ नारायण यादव/सप्तरी, साउन ११ गते ।सप्तरीमा कोसी नदिमा डुबेर एक भारतिय बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा भारतको बिहार प्रान्त सुपौल जिल्ला कुनौली ग्राम पंचायत ७ बस्ने सिताराम मुखियाका ८ वर्षीय छोरा विकास कुमार मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ डलबा टोलस्थित कोसी नदीमा दाउरा छान्ने क्रममा बालकको डुबेर ज्यान गएको हो ।
बालक आमासंगै मावली पर्ने हनुमाननगर कंकालिनि नगरपालिका १४ डलबा गणेश मुखियाको घरमा आएको वैला कोसी नदीमा दाउरा छान्न पुगेका थिए ।
सोहि क्रममा सोमबार दिउँसो कोसी नदीमा डुबेर बालकको मृत्यु भएको र घटना विषयमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।















Discussion about this post