शुभ नारायण यादव/सप्तरी/साउन ९ गते ।सप्तरीमा पछिल्लो तीन महिनामा दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांकअनुसार गत वैशाख, जेष्ठ र असार मसान्तमा गरी दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका हुन् ।
सोही आर्थिक वर्ष २०७७÷०७८० मा भने ४५३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिप्रकाको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, सोही आर्थिक वर्षमा १० हजार १७६ जनाले वंशज र ५ हजार ९३८ जनाले प्रतिलिपी नागरिकता लिएका छन् भने १४९ जनाले नाबालक परिचय पत्र लिएका छन् ।
यसैगरी पछिल्लो तीन महिनामा ४४५ गरी सो आर्थिक वर्षमा २ हजार ६ सय जनाले राहदानी बनाएका छन् ।
जसमा ३ हजार ३९१ जनाले राहदानी साधारण सिफारिस र १ हजार ६२९ जनाले द्रुत सिफारिस लिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।















Discussion about this post