nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीलगायत देशभरका शिवालय सुनसान

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३, २०७८, ७:४२ मध्यान्ह
महोत्तरी : टेकोका भरमा जलेश्वरनाथ मन्दिर

महोत्तरी, साउन ३ गते । मिथिलामा साउन महिना प्रारम्भ भएसँगै शिवालयमा धार्मिक मेलाको उत्सव परम्परा छ तर यसपालि शिवालयहरु चहलपहलविहीन छन् ।

साउन शुरु हुन केही दिनपूर्व नै गुलजार देखिन थाल्ने शिवालय यसपालि साउन लागिसके पनि चहलपहलविहीन देखिएका हुन् । कोभिड–१९ महाव्याधि सङ्क्रमण सन्त्रास छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले शिवालयमा हुने मेलाउत्सवमा रोक लगाएपछि देवस्थल सुनसान देखिएको हो ।

साउन प्रारम्भसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक सूचना नै जारी गरेर साउन महिनामा आयोजन हुने धार्मिक मेलामा रोक लगाएको हो । जिल्लामा गत वर्ष पनि महाव्याधि सङ्क्रमण सन्त्रासले साउने मेला आयोजन भएका थिएनन् । जिप्रका महोत्तरीले कोभिड–१९ महाव्याधिको सङ्क्रमण सन्त्रास कायम नै रहेको र विज्ञले तेस्रो भेरियन्टको सम्भावना बताइरहेका हुँदा मेला, जमघटमा रोक लगाइएको जनाएको छ । जिल्लाका सबै शिवालय तथा देवी शक्तिपीठ नियमित पूजाबाहेक आम सर्वसाधारण जमघट हुन नपाउने गरी रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका जलेश्वरनाथ, टुटेश्वरनाथ, सिद्धनाथ, मङ्गलनाथ र कामेश्वरनाथसहितका शिवालयमा साउनभरि हजारौँ सङ्ख्याका भक्तजन पूजा आराधना र दर्शनका लागि पुग्ने गर्थे । गत वर्षयता महाव्याधि सङ्क्रमण सन्त्रासले मेला उत्सव आयोजन हुन नसकेका हुन् । साउन महिना भगवान् शिवको प्रिय मानिने विश्वासले साउने मेलाको परम्परा बसेको हो । साउनमै पनि शिव आराधना र व्रतका लागि सोमबार उत्तम मानिने मैथिल हिन्दू जनविश्वास छ । मिथिलामा सोमबार नै साउने धार्मिक मेलाको परम्परा रहेको छ ।

जनस्वास्थ्य र महाव्याधि सङ्क्रमण बढ्न नदिन मेलामा रोक लगाउनुपरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले स्पष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको हस्ताक्षरित सूचनामा कसैले अवज्ञा गरेको पाइए सङ्क्रामक रोग ऐन, २०२०, कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने उल्लेख छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

मानव अधिकार संरक्षणमा सबै निकायको साझा दायित्व हुनुपर्छ : प्रदेश प्रमुख कर्ण

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

दलित लाइभ्स म्याटर्स ग्लोबल एलायन्सद्वारा जनकपुरधाममा सामाजिक न्यायका लागि नीति संवाद सम्पन्न

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पत्रकार महासंघको दबाबपछि मधेश प्रदेशको आम सञ्चार विधेयक तत्काललाई स्थगित

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!