रञ्जन भण्डारी /महोत्तरी/श्रावण ३ गते। जलेश्वर देखि सम्सी हुदै हर्दीसम्म पुग्ने हुलाकी सडककै सम्सी गाउपालिका ५ पोखरभिण्डा खण्डमा एक परिवार पालको सहारामा वसेको भेटिए । सडक छेउमै पाल टांगेर खाना पकाउदै गरेकि जयकुमारी र उनकी वुहारीहरु सहित भेटिएकि हुन । छेउमै माइला छोरा बसेका थिए । सडकमै वास र सडककै छेउमा करिव तिन चार फिट जमेको पानीको विचमा देखिएको दुई थान कच्ची घरले उनीहरुको व्यथा बताईरहेको थियो । झनै उनीहरु खाना पकाईरहेको वेला सानो झरी समेत परिरहदा उनको दुःख र पिडा वखान गर्न नै सक्ने अवस्थाको थिएन । गरिवी र बाध्यताले जेलिएका उनको परिवारको उद्धार गर्न भने पहल कसैले नगरेको उनको पहिलो गुनासो थियो । सडकमै दैनिक सयौ सवारी साधन गुडिरहदा उनको दुःख वारे सोधिदिने समेत नहुदा उनीहरु मानवता नै हराएको आभाष भएको बताउछन ।
जयकुमारी आफ्ना श्रीमान नारायण मल्लिक(डुम) र छोरा,बुहारी र नातीसंगै सडकमा विगत करिव एक महिना देखि पाल टांगेर वसेकि हुन । पोखरभिण्डा स्थित मन्दिरको जग्गामा घर बनाएर वसेको मल्लिक दम्पती वर्षाको पानीले घर नै डुवानमा परेपछि सडकमा बस्न बाध्य हुनु परेको हो ।
यता मल्लिक परिवारको सडकमै खाना बनाउने देखि सुत्नेसम्मको बाध्यता हुदा समेत उनीहरुको उद्धारको लागि कुनै पहल हुन नसकेको पिडित जयकुमारी बताउछिन । उनी बुहारी गर्भवति रहेपनि वासकै अभावमा वुहारीलाई सडकमै राख्नु पर्दाको पिडा अथाह रहेको बताउछिन ।

प्रहरी आएर नाम नै टिपेर लगेको र राहत पाउने आश्वासन दिएपनि राहत कहिले पाउने,वास कहिले सर्ने लगायतकोे प्रश्नको जवाफ उनले पाउन सकेकि छैनन ।
जनप्रतिनिधीहरुले हालसम्म हालखवर समेत सोध्न नआएको भन्दै जयकुमारीले गुनासो गरिन । उनी वर्षाको पानीको निकास नहुदा घरमै करिव तिन देखि चारफिट पानी जमेकोले वस्नै नसकेर सडकको सहारा लिनु परेको उनी वताउछिन ।
मल्लिक दम्पती सहित जिल्ला भरि वर्षाले घर भित्रै पानी पसी घर नै ध्वस्त हुने अवस्था भई विस्थापित हुनु परेको परिवारलाई तत्काल उद्धार र राहतको आवश्यक्ता रहेको छ । यता अधिकांशको घर नै डुवानमा पर्नुमा मुख्य भुमिका भने घर होचो र नाला विनाको सडक नै रहेको पिडितहरुको गुनासो छ ।















Discussion about this post