धनुषा,जेठ २८ गते।धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर एकै पटक पाँच बालिकाको ज्यान गएका पाँचजना बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।घटनास्थलको मुचुल्का गरी पाँचैजना बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।
जिल्लाको मुखियापट्टि मुसहरनीया ६ स्थित लक्ष्मीपुरमा खेतमा निर्माण गरिएको पोखरीमा डुबेर ५ बालिकाको ज्यान गएको हो । स्थानीय हुलास यादवले निर्माण गरेको ९ फिट गहिरो पोखरीमा नुहाउने क्रममा ५ बालिका डुबेका हुन् ।
ज्यान जानेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर र उत्तिम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली रहेका छन् ।बेपत्ता भनिएको दुई बालिका भेटिएका छन् ।दुई बालिका पोखरीमा नपसकेको कारण उनीहरुको ज्यान जोगिएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनियाँमा आज पाँचजना बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको घटना प्रति नेपाल सरकारको उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले शोक सहित सम्बेदना प्रकट गरेका छन् ।घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं. ३ भित्र पर्ने मुखियापट्टी मुसहरनियाँको हो ।















Discussion about this post