nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मन्त्रिपरिषद् बैठकको निर्णयको पूर्णपाठ : जन्तीदेखि मलामीसम्म २५ जनाको कोटा !

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ६, २०७८, १०:४२ मध्यान्ह
सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटीको जिम्मा उच्चस्तरीय समितिलाई

काठमाडौं,बैशाख ६ गते। मन्त्रिपरिषदको बैठकले कोरोनाको बढ्दो जोखिमबारे विभिन्न मापदण्डहरु निर्धारण गर्दै सोमबार आदेश जारी गरेको छ । यो आदेश राजपत्रमा प्रकाशित भएसँगै लागू हुनेछ । सरकारले तोकेको मापदण्डमा शहरी क्षेत्रका शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्ने भनिएको छ । छोटो र लामो दुरीका सार्वजनिक यातायात, होटल, हवाई यातायात, रेष्टुरेन्ट, मठमन्दिर, गुम्बा र चर्च, पसल व्यवसाय, अस्पताल आदिमा पनि विभिन्नखाले नियमहरु लगाइएको छ । सरकारले प्रदेशले गर्नुपर्ने कामहरु पनि तोकेको छ ।

कोरोना पीडितको उपचार गर्ने अस्पतालहरुलाई केन्द्र सरकारले उपचार खर्चको शोधभर्ना दिने भएको छ । न्वारान, पास्नी, ब्रतबन्ध र विवाहदेखि जन्तीसम्मका लागि सरकारले निश्चित कोटा तोकेको छ । त्यस्ता सामाजिक क्रियाकलापमा २५ जनाभन्दा बढीको जमघट गर्न नपाइने सरकारले आदेश जारी गरेको छ ।

सरकारले जारी गरेको आदेशमा के–के भनिएको छ त ? पाठकको जिज्ञासा समाधानका लागि सरकारी आदेशको नालीबेली यहाँ प्रस्तुत गरिएको छ–

विद्यालय बन्द हुने, परीक्षा र मेडिकल शिक्षा नरोकिने

मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । तर, सरकारले देशैभरिका अन्य विद्यालयहरु भने बन्द गरेको छैन । मन्त्रिपरिषद बैठकले निम्न स्थानका शैक्षिक संस्था, विद्यालय कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु मात्रै बन्द गरेको छ

१. काठमाडौं ललितपुर भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु ।

२. विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु ।

३. इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु ।

४. मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्त नगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु ।

भौतिक रुपमा बन्द हुने भनिएका स्थानका विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न पाइने सरकारको आदेशमा उल्लेख छ । त्यसैगरी, सरकारले चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक पढाइहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गरी सञ्चालन गर्न दिने भएको छ ।

होटल रेष्टुरेन्ट ८ बजेपछि बन्द

सरकारी आदेशमा सिनेमा हल, पार्टी प्यालेस डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य सबै कार्यक्रम २०७८ साल बैशाख मसान्तसम्म बन्द गर्ने भनिएको छ ।  

होटल तथा रेष्टुरेन्टले बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गरी सेवा दिने र सो समयपश्चात होम डेलिभरी मात्र उपलब्ध गराउने सरकारी आदेशमा भनिएको छ ।

राष्ट्रिय राजमार्गहरुमा सञ्चालित होटल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिनुपर्ने भनिएको छ ।

सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा

–सीट क्षमता भन्दा बढी यात्रु नराख्ने ।

–सबै यात्रुलाई मास्क अनिवार्य गर्ने ।

– सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने ।

– चालक तथा सहचालकले मास्क लगाउनुपर्ने ।

– सवारी साधनलाई दैनिकरूपमा निसंक्रमण गर्नुपर्ने ।

–सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाएमा चालक वा सहचालकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने ।

–मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।

–लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा वीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुको विवरण जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीसीसीएमसीलाई उपलब्ध गराउने ।

आन्तरिक हवाई उडान सञ्चालन सम्बन्धमा

–चालक तथा सबै यात्रुलाई मास्क तथा सेनिडाइज अनिवार्य गर्ने ।

–हवाईजहाजभित्र सेनिटाइजको व्यवस्था गर्नुपर्ने ।

–प्रत्येक उडानपछि हवाइजहाज र ब्यागेजलाई निसंक्रमित गर्नुपर्ने ।

–चेकइन, प्रतिक्षालय, बोडिङ, ब्यागेज स्थानमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने ।

अन्य आदेशहरू

–कार्यालय र पसलजस्ता सार्वजनिकस्थलमा सेनटिाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने । कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने । मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने ।

–नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यको लागि विद्युतीय भुक्तानी प्रणाली लागु गर्न सहजीकरण गर्ने । सेवा शुल्क र महसुल अग्रिम वा एकमुष्ट रुपमा बुझाउन चाहनेलाई सो बमोजिम गर्न सक्ने गरी व्यवस्था मिलाउने ।

–मठ मन्दिर मस्जिद, गुम्ब, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने÷गराउने ।

– एकपटकमा २५ जनाभन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक नछुने । दुई व्यक्तिको बीचमा दुई मिटर दुरी कायम गर्ने । माक्स अनिवार्य गर्ने । पटक–पटक साबुनपानीले हात धुने वा सेनिटाइज गर्ने गरी सपिङ मल डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने । जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चालकको हुने ।

–मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने । र, जनस्वास्थ्यको मापदण्ड पालना हुनेगरी मात्र सञ्चालन गर्ने । विवाह वा ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिई २५ जनामा नबढ्ने गरी गर्ने ।

–सभा, सम्मेलन, गोष्ठि, सेमिनार समीक्षा बैठक, तालिम प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रुपमा उपस्थित भई गर्नैपर्ने भएमा बढीमा २५ जनामात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।

तर, सुरक्षा निकायको आन्तरिक तालिमको हकमा जनस्वास्थ्यको मापदण्ड पालना हुने व्यवस्था मिलाई सञ्चालन गर्न सकिने छ ।

–नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित सञ्चालन गर्ने ।

स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने कामहरु

–रोगको रोकथाम, निदान र उपचारका लागि राष्ट्रिय मापदण्ड तथा जनशक्ति परिचालन सहितको प्रतिकार्य योजना जारी गर्ने ।

–अस्पतालमा निश्चित बेड छुट्याई कोभिड केयर युनिटमा सेवा दिने सम्बन्धमा आवश्यक आदेश जारी गर्ने ।

– २०० भन्दा बढी बेड क्षमता भएका सरकारी, सामुदायिक, निजी, गैरसरकारी, निजी मेडिकल कलेज, प्रतिष्ठान, अस्पतालसँग संक्रमितको उपचारका लागि सेवा सम्झौता गर्ने । अनुगमन गर्ने र शोधभर्ना भुक्तान गर्ने ।

– संक्रमणको जोखिमको अवस्था हेरी सार्वजनिक, निजी तथा गैरसरकारी स्वास्थ्य संस्था, जनशक्ति, औजार, उपकरण, भवन तथा स्थान स्वास्थ्य सेवा र  कार्यका लागि प्रयोग गर्न सक्ने ।

–सूचीकृत अस्पताललाई संक्रमितको उपचारको व्यवस्थापनमा लाग्ने खर्च संस्थागत आइसोलेसनहरु २ हजार, अस्पतालको आइसोलेसनहरु ३५ सय र मध्यम जिटल केसको उपचारका लागि रु ७ हजार र गम्भीर बिरामीको आइसीयुमा भेन्टिलेटरको उपचार सहितका लागि रु १५ हजार प्रतिव्यक्ति दिन निर्धारित ढाँचामा प्रत्येक महिनाको पहिलो हप्तामा उपचार खर्च शोधभर्ना भुुक्तानी गर्ने ।

–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएका मापदण्ड, योजना तथा आदेश  संघीय निकाय, प्रदेश तथा स्थानीय तह, सार्वजनिक तथा निजी संघसंस्थाले पालना गर्नुपर्ने ।

सीमानामा होल्डिङ सेन्टर बनाउने

–कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सम्बन्धित प्रदेश सरकारको समन्वयमा गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेल्हिया, वीरुगञ्ज, रानी तथा काँकडभिट्टा, अन्तराष्ट्रिय स्थलगत सीमा नाका र आवश्यकता अनुसार अन्य थप अन्तराष्ट्रिय स्थलगत सीमा नाकाको नजिकै पायक पर्ने स्थानमा कम्तिमा एक जहार जनाको व्यवस्था हुनेगरी होल्डिङ सेन्टरको निर्माण गर्ने ।

प्रदेश सरकारले गर्ने काम

–२५ देखि २०० सय बेड क्षमता भएका सरकारी, सामुदायिक, निजी, अस्पतालसँग संक्रमितको उपचारका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवा सम्झौता गर्ने । अनुगमन गर्ने र शोध भर्ना भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरी पठाउने ।

–होल्डिङ सेन्टर, संस्थागत आइसोलेसन र संस्थागत क्वारेन्टिनको व्यवस्थापन गर्ने ।

–उपचार सम्बन्धमा अस्पताल व्यवस्थापन, प्रयोगशाला, अक्सिजन तथा भेन्टिलेटर समेत रेफरल एम्बुलेन्स र एयर लिफ्ट समेतको व्यवस्था मिलाउने ।

–क्वारेन्टिन, आइसोलेसन, केस इन्भेष्टिगेसन, कन्ट्रयाक ट्रेसिङ, उपचार व्यवस्थापन, परीक्षण लगायतका कार्यको लागि अत्यावश्यक सामग्रीहरु खरीद तथा जनशक्ति परिचालनको आवश्यक व्यवस्था मिलाउने ।

–१५ बेडसम्म क्षमता भएका सरकारी र निजी अस्पतालका लागि सम्झौता गर्ने, अनुगमन गर्ने र शोध भर्ना भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरी पठाउने ।  –रातोपाटी बाट

Tags: देश

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!