महोत्तरी,चैत २८ गते। महोत्तरीमा अनटेस्ट ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।जिल्लाको औरही नगरपालिका वडा नम्बर–१ मा शनिबार ट्रयाक्टर दुर्घटना हुँदा सोही ट्रयाक्टरका चालक ४० वर्षीय विजय महतो सुडिको मृत्यु भएको हो ।
आफ्नै खेतबाट गहुँ ल्याउन जाँदा स्थानीय पोखरीको नजिक भएको दुर्घटनामा परी गम्भीर घाइते भएका विजयको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।मृतकको शवलाई पोस्टमार्टमका लागि जलेश्वर पठाइएको र ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको रेग्मीले बताए ।














Discussion about this post