nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हात्तीदह सिमसारमा संरचना विस्तार

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख ७, २०८३, ४:२६ मध्यान्ह
हात्तीदह सिमसारमा संरचना विस्तार

सिरहा/बैशाख ७ गते। लहान नगरपालिका-१५ कोइरालो खोला सामुदायिक नमूना वनभित्रको हात्तीदह सिमसार क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ संरचना विस्तार गरिएको हाे ।

यसै सिलसिलामा नगरप्रमुख महेशप्रसाद चौधरीले परिसरमा दुई कोठे ‘होमस्टे’ र सौन्दर्यकरण कार्यको शिलान्यास गरे । करिब २० लाख ४२ हजार रुपैयाँको लागत अनुमान गरिएको उक्त परियोजनामा एक लाख रुपैयाँ बराबरको जनसहभागिता रहने कोइरालो खोला नमूना वन उपभोक्ता समितिका अध्यक्ष रुद्रनारायण चौधरीले जानकारी दिए ।

नगरप्रमुख चौधरीले हात्तीदहलाई मधेस प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताए । उनले भने, लहानको गौरवको रूपमा रहेको हात्तीदह सिमसार क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध छ । यहाँ निर्माण हुने होमस्टे र सौन्दर्यकरणकार्यले पर्यटकलाई आकर्षित मात्र गर्ने छैन, यसले स्थानीयस्तरमा स्वरोजगारी सिर्जना गरी नगरको आर्थिक समृद्धिमा मद्दत पु¥याउनेछ ।

एक महिनाअघि मात्रै सोही क्षेत्रमा सञ्चालनमा आएको ‘हात्तीदह वनस्टे’ले पर्यटकलाई प्राकृतिक वातावरण र स्थानीय संस्कृतिको अनुभव गराउँदै आएको छ । वन उपभोक्ता समितिका अध्यक्ष चौधरीले वन र सिमसारको संरक्षणसँगै आयआर्जनलाई जोड्न नयाँ संरचनाले मद्दत गर्ने बताए ।

उनले भने, “हामीले वन र सिमसार क्षेत्रको जैविक विविधता जोगाउँदै पर्यटनमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘वनस्टे’ र होमस्टेको अवधारणा अघि सारेका हौँ । नयाँ संरचना बनेपछि पाहुनाले अझ गुणस्तरीय सेवा पाउनेछन् ।” उनले आगामी दिनमा थप संरचना विस्तार गर्ने योजना रहेको जानकारी दिए।

हात्तीदह परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, सानो चिडियाखाना तथा सेल्फीस्थल निर्माण गरिएको छ । हाल दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको समितिले जनाएको छ । यहाँ चार वर्षअघिदेखि सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । यसबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन थालेका छन् भने हाल १४ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

करिब ५६ हेक्टर क्षेत्रफलमा फैलिएको कोइरालो सामुदायिक वनमध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्या पर्यटनको विकास गरिएको छ । यसमा लहान नगरपालिकाको मात्र नभई सङ्घीय र प्रादेशिक निकायको पनि महत्वपूर्ण साझेदारी रहँदै आएको छ । वन उपभोक्ता समितिका अध्यक्ष चौधरीका अनुसार यस क्षेत्रको गुरुयोजना कार्यान्वयनमा राष्ट्रपति चुरे संरक्षण विकास कार्यालय, डिभिजन वन कार्यालय लहान, बृहत् जलाधार व्यवस्थापन कार्यालय लगाएतले प्राविधिक तथा आर्थिक सहयोग पु¥याउँदै आएका छन् । लहान बजारबाट करिब पाँच किलोमिटर उत्तर चुरेफेदमा रहेको हात्तीदह क्षेत्र प्राकृतिक सौन्दर्य र सामुदायिक वन व्यवस्थापनको उत्कृष्ट उदाहरण बन्दै गएको छ ।

 

 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

जनकपुरधाममा अन्डर–१२ क्रिकेट टुर्नामेन्ट हुँदै, ट्रफी अनावरण सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!