nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हात्तीदह सिमसारमा संरचना विस्तार

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख ७, २०८३, ४:२६ मध्यान्ह
हात्तीदह सिमसारमा संरचना विस्तार

सिरहा/बैशाख ७ गते। लहान नगरपालिका-१५ कोइरालो खोला सामुदायिक नमूना वनभित्रको हात्तीदह सिमसार क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ संरचना विस्तार गरिएको हाे ।

यसै सिलसिलामा नगरप्रमुख महेशप्रसाद चौधरीले परिसरमा दुई कोठे ‘होमस्टे’ र सौन्दर्यकरण कार्यको शिलान्यास गरे । करिब २० लाख ४२ हजार रुपैयाँको लागत अनुमान गरिएको उक्त परियोजनामा एक लाख रुपैयाँ बराबरको जनसहभागिता रहने कोइरालो खोला नमूना वन उपभोक्ता समितिका अध्यक्ष रुद्रनारायण चौधरीले जानकारी दिए ।

नगरप्रमुख चौधरीले हात्तीदहलाई मधेस प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताए । उनले भने, लहानको गौरवको रूपमा रहेको हात्तीदह सिमसार क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध छ । यहाँ निर्माण हुने होमस्टे र सौन्दर्यकरणकार्यले पर्यटकलाई आकर्षित मात्र गर्ने छैन, यसले स्थानीयस्तरमा स्वरोजगारी सिर्जना गरी नगरको आर्थिक समृद्धिमा मद्दत पु¥याउनेछ ।

एक महिनाअघि मात्रै सोही क्षेत्रमा सञ्चालनमा आएको ‘हात्तीदह वनस्टे’ले पर्यटकलाई प्राकृतिक वातावरण र स्थानीय संस्कृतिको अनुभव गराउँदै आएको छ । वन उपभोक्ता समितिका अध्यक्ष चौधरीले वन र सिमसारको संरक्षणसँगै आयआर्जनलाई जोड्न नयाँ संरचनाले मद्दत गर्ने बताए ।

उनले भने, “हामीले वन र सिमसार क्षेत्रको जैविक विविधता जोगाउँदै पर्यटनमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘वनस्टे’ र होमस्टेको अवधारणा अघि सारेका हौँ । नयाँ संरचना बनेपछि पाहुनाले अझ गुणस्तरीय सेवा पाउनेछन् ।” उनले आगामी दिनमा थप संरचना विस्तार गर्ने योजना रहेको जानकारी दिए।

हात्तीदह परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, सानो चिडियाखाना तथा सेल्फीस्थल निर्माण गरिएको छ । हाल दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको समितिले जनाएको छ । यहाँ चार वर्षअघिदेखि सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको हो । यसबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन थालेका छन् भने हाल १४ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

करिब ५६ हेक्टर क्षेत्रफलमा फैलिएको कोइरालो सामुदायिक वनमध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्या पर्यटनको विकास गरिएको छ । यसमा लहान नगरपालिकाको मात्र नभई सङ्घीय र प्रादेशिक निकायको पनि महत्वपूर्ण साझेदारी रहँदै आएको छ । वन उपभोक्ता समितिका अध्यक्ष चौधरीका अनुसार यस क्षेत्रको गुरुयोजना कार्यान्वयनमा राष्ट्रपति चुरे संरक्षण विकास कार्यालय, डिभिजन वन कार्यालय लहान, बृहत् जलाधार व्यवस्थापन कार्यालय लगाएतले प्राविधिक तथा आर्थिक सहयोग पु¥याउँदै आएका छन् । लहान बजारबाट करिब पाँच किलोमिटर उत्तर चुरेफेदमा रहेको हात्तीदह क्षेत्र प्राकृतिक सौन्दर्य र सामुदायिक वन व्यवस्थापनको उत्कृष्ट उदाहरण बन्दै गएको छ ।

 

 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

रास्वपाका निलम्बित धनुषा सभापति यादवसँग तीन दिनभित्र स्पष्टीकरण माग

रास्वपाका निलम्बित धनुषा सभापति यादवसँग तीन दिनभित्र स्पष्टीकरण माग

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि