जनकपुरधाम,चैत १९ गते । महोत्तरीमा गोली चल्दा एकजना घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका हुन् ।
जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएका हुन् ।
कोइरालामाथि दुई गोली प्रहार गरिएको र एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।
गोली प्रहारबाट घाइते भएका कोइरालालाई बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।
गोली बुधबार राति करिब ७:३० बजेतिर चलेको हो । कोइराला औरहीतर्फ गएको बेलामा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।














Discussion about this post