nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पर्यटनको ढोका बन्नसक्छ कंकालिनी मन्दिर

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १२, २०७७, ३:३५ मध्यान्ह
पर्यटनको ढोका बन्नसक्छ कंकालिनी मन्दिर

पूर्व-पश्चिम राजमार्गलाई जोड्ने आधार हो-सप्तकोशीमाथि बनाइएको बाँध र पुल । नेपाल-भारत सीमा तथा नेपालको सुनसरी-सप्तरी जिल्लाको सिमानामा सन् १९५८-१९६२ मा बनेको यो बाँधमा ५६ ढोका रहेका छन् ।

कोशी बाँधको वारि-पारि दुवैतिर टाढा-टाढासम्म तटबन्ध निर्माण गरिएका छन् । कोशी पुलदेखि पूर्व तीन किमी पर भाण्टाबारी र पश्चिममा पाँच किमी दूरीमा भारदह बजार रहेको छ ।

राजमार्ग पश्चिमपट्टकिो बाँध टुंगिनासाथ दाहिनेपट्टी भव्य कंकालिनी मन्दिर प्राङ्गणमा पुगिन्छ । स्थानीय बोलीचालीमा ‘कंकालिनी माई’ पनि भनिन्छ ।

कंकालिनी माई अर्थात् कंकालिनी मन्दिर रहेको यो स्थान भारदह क्षेत्र हो । भारदह चोक भने मन्दिरदेखि एक किमी पश्चिममा पर्छ । कंकालिनी मन्दिर उहिले साविक भारदह गाउँ विकास समिति-१ मा र अहिले हनुमाननगर-कंकालिनी नगरपालिका-१ मा पर्छ । हनुमान र कंकालिनी मन्दिरको नामबाट यहाँको पालिकाको नामकरण गरिएको हो ।
यसअघि १ र २ नं. योगिनिया, गोबरगाढा, इनर्वा तथा हनुमाननगर गाविस जोडेर हनुमाननगर-योगिनीमाई नगरपालिका नामकरण गरिएको थियो । योगिनियामा वैष्णोदेवी माताको मन्दिर छ भने हनुमाननगरमा हनुमानको ।

सप्तरी जिल्लास्थित कंकालिनी मन्दिर प्रदेश-२ का प्रसिद्ध मन्दिरहरूमध्येमा पर्दछ । यो मन्दिर पाँचस्तरको प्यागोडा शैलीमा निर्माण गरिएको छ । यो चौथो पटक निर्माण भएको मन्दिर हो ।

सबैभन्दा शुरूको मन्दिर रहेको स्थान कोशी नदीको गर्भमा परेको छ । त्यसको निर्माण कसले गरेका थिए भन्ने अहिलेसम्म अज्ञातै छ । तर २०० वर्षअघि बैरवाका विर्तावाल पण्डित उदयानन्द अज्र्यालले बनाएको भन्ने जानकारहरूको दाबी छ ।

यता ५० वर्षअघि सन् १९७२ मा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्र -बलुवा, भारत निवासी) ले मन्दिर बनाउन लगाएका थिए । सो संरचना जीर्ण भएपछि २० वर्षअघि अहिलेको मन्दिर बनेको हो ।

मन्दिरमा कंकालिनी देवीको प्रतिमा स्थापना गरिएको छ । पत्थर र मूर्तिकलाका दृष्टिले यो प्रतिमाÙ काठमाडौंको दक्षिणकालीमा स्थापित प्रतिमा जस्तै कौशल झल्कने रहेको इतिहासकारहरूको कथन छ ।

इतिहासविद् हरिकान्तलाल दासको पुस्तक ‘सप्तरीको राजनीतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू’ मा उल्लेख गरेअनुसार मन्दिरको गर्भगृहमा क्रमशः देब्रेबाट दाहिनेतर्फ ढंुगाको गणेश, बीचमा मूल देवी -जसलाई कंकालिनी भनिन्छ) त्यसपछि दक्षिणकाली, त्यसको छेउमा सानो आकारको विष्णुको मूर्ति छ ।

मन्दिरभित्रै पूर्वतर्फ कुनामा शिवलिंग स्थापित छ । यसबाहेक एउटा पुरानो ढुंगाको मूर्ति जस्तै देखिन्छ । त्यसलाई पुजारीहरू कालभैरव वा बटुक भैरव मान्छन् ।

मन्दिरको बाहिरी हाता रमणीय मात्र छैन त्यहाँ हनुमानको मूर्ति स्थापना गरिएको छ । मन्दिरभित्र प्रतिस्थापित मूल देवी कंकालिनीको मूर्ति कालो शालिग्राम रंगको ‘रौद्र’ आकारको छ ।

मूल देवीको स्वरूप हेर्दा कुनै दानवलाई मारेर उसको आन्द्रा विशाल दाँतले चपाइरहेको प्रतित हुन्छ । मूर्ति तीन फिट लामो तर खण्डित अवस्थामा छ, जो अत्यन्तै विकराल देखिन्छ । कंकालिनी माईको यो स्वरुपले जो-कोहीलाई भयभित नगर्ला भन्न सकिन्न ।

आस्थाको केन्द्र

कंकालिनी शक्तिपीठ हो । स्थानीयले देवीको ‘मुखले कंकाल च्यापेको’ देखेर कंकालिनी देवी भन्न थालेको मान्यता व्याप्त छ । तर पुरातत्त्व विभागले प्रकाशन गरेको सांस्कृतिक सम्पदाको प्रारम्भिक प्रतिवेदनको आठौं भागमा कंकालिनी भगवतीको स्वरूपको विषयमा ‘यो मूर्ति अष्टमातृका देवीहरूमध्येकी एक चामुण्डा देवीको मूर्ति हो’ भनी उल्लेख गरिएको छ ।

मार्कण्डेय पुराणअन्तर्गत दुर्गा सप्तशतीमा देवीका रूपहरूको वर्णन गरिएको पाइन्छ । देवीको काली अवतारले असुर चण्ड र मुण्डको बध गर्ने क्रममा दैत्यहरूलाई पक्रँदै, घिच्रो न्याँक्दै, पाउले कुल्चँदै, छातीले धक्का दिंदै, मुखमा हाल्दै चपाउँदै, रक्तपान गर्दै उनीहरूको संहार गर्दछिन् । कंकालिनी देवीको मूर्ति दुर्गा सप्तशतीमा वणिर्त चण्ड-मुण्ड संहारक देवी कालीको स्वरूपसँग मेल खान्छ । कंकालिनीको स्वरूप दुर्गाको एउटा रूप काली हो भन्ने कुराको पुष्टि बैरवा गाउँको लालमोहरबाट पुष्टि भएको मानिन्छ ।

कंकालिनी मन्दिरको पूजा व्यवस्थाका लागि वि.सं. १८७१ मा राज्यद्वारा गरिएको जग्गादान लालमोहरको शीर्षकमा ‘श्री दुर्गाज्यू श्री कालिकाज्यू’ भनी उल्लेख गरिएकोबाट कंकालिनी देवी कालीको रूप भएको मान्न सकिन्छ ।

देवी महात्म्यका अनुसार देवीको सौम्य, उग्र र सौम्य-उग्र गरी तीनवटा स्वरूप रहेको पाइन्छ । यसमा कंकालिनी उग्र स्वरूपकी देवी रहेको प्रतीत हुन्छÙ जसलाई अधिकांशतः तान्त्रिक साधकहरूद्वारा पुजिने परम्परा छ ।

तर कंकालिनी देवीले साधारण भक्तजनलाई पनि अचूक सिद्धि प्रदान गर्छिन् भन्ने विश्वास जनमानसमा छ । कंकालिनी कंकालीको अपभ्रंश हो कि भन्ने पनि लाग्दछ ।

नेपालमा बाराको सिम्रौनगढमा कंकालिनी मन्दिर रहेको बताइन्छ । भारतमा त कंकालिनी मन्दिरको नामले दर्जनौं मन्दिर रहेको पाइन्छ ।

यसरी हेर्दा कंकालिनी माई देशकै महत्वपूर्ण धार्मिक धाम हुनसक्ने सम्भावना देखिन्छ । हुनत कंकालिनी मन्दिरमा दिनहुँ भक्तजनको ठूलो उपस्थिति रहन्छ । नेपाल र भारतको टाढा-टाढाबाट कंकालिनी भगवतीको दर्शनका लागि भक्तजन ओइरिन्छन् ।

अझ नवरात्र -दशैं) का बेलाको भीड हेर्नलायकको हुन्छ । हुनत वर्षमा चारवटा नवरात्र पर्दछन् तर शरद ऋतुमा मनाइने शारदीय नवरात्र र वसन्त ऋतुको चैत्र नवरात्रमा भने भक्तजनको ठूलै भीड हुन्छ ।

चर्चित बलि प्रथा

कंकालिनी मन्दिरको ‘बलि प्रथा’ निकै चर्चित छ । यस मन्दिरमा भाकल गरी भक्तजन बोका, भेडा, परेवा, हाँस, पाठो, राँगाको बलि दिन्छन् । यहाँ दैनिक ५० भन्दा बढी बलि चढाइन्छ । तर नवरात्रमा हजारौं संख्यामा बलि चढ्छन् ।

कतिपयले पञ्चबलि चढाउँछन् । वर्षको १०-१५ हजारभन्दा बढी बलि प्रदान हुने गरेको बताइन्छ । शारदीय नवरात्रको नवमीमा राँगाको बलि दिने चलन छ । बाराको गढीमाईपछि धेरै राँगाको बलि चढाइने कंकालिनी मन्दिर पनि हो । कंकालिनी मन्दिरमा पछिल्लो वर्ष ६०४ वटा राँगाको बलि चढाइएको बताइन्छ ।

किंवदन्ती अनुसार भारदहदेखि पाँच किमी उत्तर-पूर्वी बैरवा गाउँ निवासी विर्तावाल पण्डित उदयानन्द अज्र्याललाई देवीले सपनामा ‘म भारदह गाउँमा रहेको पीपलको वृक्षमुनि छु । मेरो मन्दिर बनाएर पूजा गर्ने गर । म तिम्रो वंशको रक्षा गर्नेछु’ भनिछन् । अज्र्यालले सपना देखेको अर्को दिन पीपल मुनि उत्खनन् गर्दा देवीले सपनामा बताए जस्तै प्रतिमा भेटियो । अज्र्यालले त्यहाँ मन्दिर बनाउन लगाएर देवीलाई प्रतिस्थापित गर्दै नियमित पूजापाठको व्यवस्था गरेछन् ।

कंकालिनी मन्दिर सञ्चालनका लागि आयस्रोत होस् भनेर मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाले १० बिघा जग्गा दिएको इतिहास छ । वि.सं. १८६३ देखि १८९४ सम्म नेपालमा भीमसेन थापा मुख्तियार (प्रधानमन्त्री) रहेका थिए । राजा रणबहादुर शाहका हजुरिया भएपछि भीमसेन थापाको उदय भएको थियो ।

कंकालिनी मन्दिरदेखि दुई-तीन किमी दक्षिण कोशी बाँधछेउ योगिनीमाई र वैष्णोदेवीका मन्दिर रहेका छन् । यस गाउँका नागेश्वर यादव गोठिया कुनै समय जम्मु-कश्मिर पहाडमा अवस्थित वैष्णोदेवीको मन्दिर पुगेका थिए । त्यहाँ उनी दुर्घटनामा परेर अचेत भए । त्यही अचेतावस्थामा मातारानी वैष्णोदेवी सपनामा आइन् र आफ्नो गाउँठाउँमै मेरो पूजा आराधना गर भनी आदेश दिइन् ।

नागेश्वर गाउँ फर्किएर मातारानीको मन्दिर स्थापना गरी पूजापाठ शुरू गरे । यस मन्दिरको पनि टाढा-टाढासम्म निकै ठूलो ख्याति रहेको छ ।

०००

सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर श्री हनुमानको नामबाट परिचित छ । यस मन्दिरमा कालो पत्थरको हनुमानको प्राचीन मूर्ति स्थापित छ । यस्तो प्रस्तरको मूर्ति भारतको उज्जैनमा मात्र छ ।

नेपालको सबैभन्दा ठूलो सप्तकोशी चीनको हृवाङ्हो नदीपछि तीव्र गतिमा बहने विश्वको दोस्रो हो । यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, दूधकोशी, लिखु, तामाकोशी र इन्द्रवती पर्दछन् । सातवटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी भनिएको हो । सप्तकोशीको किनारमा रहेको कंकालिनी मन्दिर धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको स्थल हो ।

कसरी जाने कंकालिनी

कंकालिनी मन्दिरदेखि २५ किमी उत्तर-पूर्व कुनामा कोशीटप्पु वन्यजन्तु आरक्ष पर्दछ । सन् १९८७ मा सिमसारमा सूचीकृत गरिएको कोशीटप्पु एक रमणीय पर्यटन केन्द्र हो । कोशीटप्पु यहाँबाट कञ्चनपुर हुँदै र अर्को सुनसरीको हरिपुरबाट जान सकिन्छ ।

तर कोशी नदीको पश्चिमी किनारामा बनेको तटबन्ध हुँदै गएमा एकैछिनमा पुग्न सकिन्छ । १७५ वर्ग किमी क्षेत्रफलको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लासम्म फैलिएको छ । सन् १९८७ मा रामसार सूचीमा सूचीकृत नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित छ ।

कंकालिनी मन्दिरमा आउने पर्यटकलाई रामसार क्षेत्रमा पनि जोड्न सकिन्छ । आरक्षमा ४८९ प्रजातिका चरा, दुर्लभ अर्ना, घडियाल गोही र डल्पिmन समेत पाइन्छ ।

सन् १९७६ मा लोपोन्मुख अर्ना (जंगली भैंसी) हरूको संरक्षित बासस्थानको रूपमा आरक्ष स्थापना भएको हो । राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साइवेरियादेखि घुमन्ते चराहरू आवतजावत गर्ने गर्दछन् ।

आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ । कंकालिनी मन्दिरबाट कोशीटप्पु आरक्ष टुरिष्ट सेवा सञ्चालन गरिएमा विशेष आकर्षण थपिनेछ ।

कंकालिनी मन्दिरदेखि पश्चिम-उत्तर राजमार्गछेउ महादेवपट्टीमा महादेव मन्दिर, रूपनगरमा विष्णु मन्दिर र घोघनपुरमा भजनेश्वरनाथ शिव-पार्वती मन्दिर रहेका छन् । यी मन्दिरका मूर्तिहरू पनि भूगर्भबाट नै फेला पारिएको हो ।

राजमार्गको भारदह-कञ्चनपुरबीच बरमझिया गाउँ पर्दछ । यहाँको पेडा (मिठाई) निकै लोकप्रिय छ । बरमझियालाई अहिले ‘पेडा गाउँ’ पनि भन्न थालिएको छ ।

०००

कंकालिनी मन्दिरदेखि ३७ किमी दक्षिण-पश्चिम भारतीय सीमानजिक सखडा शक्तिपीठ पर्दछ । यसको पूरा नाम छिन्नमस्ता सखडेश्वरी हो । यस मन्दिरको पाँच किमी दक्षिण-पश्चिम भारतको महादेव मठमा वीरभद्र भैरवको मन्दिर अवस्थित छ ।

सातौं शताब्दीअघि तिरहुत नरेश शक्रसिंह देवले देवीको स्वप्न पाएर जंगल सफा गराउँदा भेटिएको देवी प्रतिमालाई कुलदेवीको रूपमा प्रतिस्थापित गरी उपासना आरम्भ गरेका थिए । देवीको शिर विच्छेद भएको देखेर यसको नाम छिन्नमस्ता भनिन थालियो । पछि अध्ययन हुँदै जाँदा देवी प्रतिमा महिषासुरमर्दिनीको रहेको पाइयो ।

मन्दिरभित्र मूलदेवीका रूपमा महिषासुरमर्दिनी भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । मूर्तिको खुट्टातिर राँगाको काटिएको टाउको प्रष्ट रूपमा ढुंगामा कुँदिएको छ । मूल मूर्तिको देब्रेतिर दक्षिणकाली, महिषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति पनि स्थापित छ ।

यहाँ दश महाविद्याका मन्दिर पनि निर्माणाधीन छन् । नेपाल र भारतबाट ठूलो संख्यामा भक्तजन कंकालिनी र सखडा शक्तिपीठको दर्शन गर्न आउँछन् । तर कंकालिनी (भारदह) – सखडेश्वरी (सखडा) सीधा बस सेवा नभएकाले उनीहरू आधा इच्छा मात्र पूरा गरी फर्कन्छन् ।

कंकालिनी मन्दिरलाई सप्तरीको धार्मिक पर्यटनको साँचो मानेर जिल्लाकै एकीकृत धार्मिक पर्यटकीय विकास कार्यक्रम बनाएर लागू गरेमा उपलब्धिमूलक हुनेछ । पूर्व-पश्चिम राजमार्गमा अवस्थित रहेकोले यस मन्दिरको विकासको सम्भावना प्रचुर छ । भारदह प्रदेश-२ को प्रवेश बिन्दु पनि हो । यसर्थ यहाँ प्रदेश सरकारको पनि उपस्थिति देखिने गरी कुनै संरचनाको निर्माण हुन आवश्यक देखिन्छ ।

(लेखक निजामती कर्मचारी ट्रेड युनियन, सप्तरीका अध्यक्ष हुन् ।)

साभार-अनलाईन खबर बाट

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!