काठमाडौ,चैत ९ गते।सरकारले चाडपर्व विदा थप गरेको छ ।आगामी वर्ष २०७८ मा ४ दिन सार्वजनिक विदा थप गरिएको हो ।
यसअघि दिइँदै आएको चाडपर्व विदामा चार दिन थप गर्दै घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि विदा दिने निर्णय सरकारले गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ४ दिन विदा दिने निर्णय गरेको हो ।सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि विदा हुनेछ ।त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय विदा हुनेछ ।
विभिन्न जनजातिले आफूहरुको चाडमा राष्ट्रिय बिदा दिन माग गरेपनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ ।
प्रधानमन्त्री केपी ओलीसँगै छलफल गरेर चाडपर्वका बिदा तय गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।














Discussion about this post