धनुषा।CIB लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने ४ जना पक्राउ परेको छ । सिबिआई लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने चार ब्यक्तीलाई धनुषा प्रहरीले पक्राउ गरेपछी नक्कली सिबिआई गिरोह रहेको खुलेको हो ।
जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ९ स्थित संचालनमा रहेको सिटी प्यालेस गेष्ट हाउस एण्ड फैमली रेष्टुरेन्ट होटलमा अपराधिक गिरोह समुहका मानिसहरुले सरकारी कागज दस्तखत छाप किर्ते गरी नक्कली कागजातहरु तयार गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । गोप्य सूचना प्राप्त हुन साथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्र.ना.उ को कमाण्डमा प्रहरी टोली होटल बाट कानुन बमोजिम खानतलासी गर्दा होटलको पहिलो तल्लामा रहेको कोठा नं.१०६ बाट पक्राउ गरेको छ।भारत बिहार राज्य जिल्ला अररीया फार्बिसगंज घर भई हाल जिल्ला मोरंग बिराटनगर उप महानगर पालिका वडा नं. ४ बस्ने राज कुमार साहुको छोरा वर्ष २७ को समिर साह नाम थर वतन बताउने ब्यक्ति शंकास्पद रुपमा फेला परे पछी कोठा भित्र टेबल माथि कालो रंगको कपडाको सुटकेश ब्याग भित्र नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्युरोबाट जारी भएको भनिएको नक्कलि प्रमाण पत्र, परिचय पत्र, सोहि कार्यालयको छाप लगायत विभिन्न कार्यालयहरुको छापहरु समेत फेला परेको छ ।
समिर साहलाई प्रहरीले सोधुछ गर्दा आफु तथा निम्न स्थान बस्ने निम्न मानिसहरु समेत भई समुह बनाई आर्थिक लाभ लिनको लागि उक्त कागजात तथा छापहरु बनाई राखेको छु भनि बताएकोमा निजलाई तत्काल पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला अररिया फाविशगंज घर भई जिल्ला मोरङ् बिराटनगर उ.म.न.पा . १ बस्ने राजकुमार साहुको छोरा वर्ष २७ को समिर साह, जिल्ला महोत्तरी भंगहा न.पा. वडा नं ९ बस्ने दिनेश यादवको छोरा वर्ष २१ को आदित्य कुमार यादव, जिल्ला धनुषा जनकपुर उ.म.न.पा ४ बस्ने बैजनाथ साहको छोरा वर्ष ३० को चन्दन साह र जिल्ला धनुषा जनकपुर उ.म.न.पा २ बस्ने सुट्टा साहको छोरा वर्ष ५० को रामचन्द्र साह रहेको छ ।
बरामद भएका कागजातहरु:-
विभिन्न बैंक तथा कार्यालयहरुको स्टाम्प थान-४० ।
नेपाल प्रहरी केन्द्रीय अनुशन्धान ब्युरो CENTRAL INVESTIGATION BUREAU (CIB) JOINING LETTER(CIB) लेखिएको प्रमाण पत्र थान १ ।
प्रभु बैंकको नगद जम्मा भौचर खालि थान १ ।
सिद्वार्थ बैंक, गरिमा विकास बैंक, लिमिटेड, मेगा बैंक र प्रभु बैंकमा समिर साहको नाममा नगद जम्मा गरेको भौचर थान १/१ गरी थान ४ ।
नबिल बैंकको नगदी भौचर थान १ ।
नबिल बैंकको डिपोजिट सिलिप थान १ ।
नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधाम धनुषा आवेदन फारम पत्र थान ३ ।
सुनिल राउतको नाममा जारी भएको स.चा.अ. प. को प्रतिलिपी थान १ ।
मेगा बैंक नेपाल लिमिटेड्मा समिर साहको नाममा जारी खाता नं. 2130050007237 को खालि चेक बुक थान १ ।
सिद्वर्थ बैंकमा समिर साहको नाममा खाता नं. 02018239100 को चेक बुक थान १ ।
गरिमा विकास बैंक लिमिटेडको खाता नं. 09711900853932000001 SAMIR SAH को नाममा जारी चेक बुक थान १ ।
PRABHU BANK मा SAMIR SAH को खाता नं. 0530161825100011 बाट जारी चेक बुक थान १ खालि चेक थान २ ।
PRABHU BANK बाट SAMEER SAH को नाममा जारी 2020-11-19 मा जारी भएका चेक र ACCEPTED LETTER सहित चेक ३ थान र LETTER ३ थान ।
CIB बाट ANIKET RAMAN PASWAN को नाममा जारी भएका CONGRATULATIONS LETTER थान १ ।
सादा कागजमा ADITYA SHAH को नाममा SAMEER SHAH ले सही गरेको कागज पाना २ ।
माछापुच्छ्रे बैंक लिमिटेडको UMESH KUMAR CHAUDHARY को नाममा नगद चेक जम्मा बौचर थान १ ।
MEGA,PRABHU BANK,SIDDHARTHA BANK, को ATM १/१ गरी थान ३ ।
E-sewa माछापुच्छ्रे बैंकको PAYMENT RECEIPT थान २ ।
डायरी थान २ रंग खैरो ,निलो ।
PILOT PEN थान १ ।
PENCIL थान १ ।
रातो रंगको स्टाम्प पैड थान ३ बिग्रेको अवस्थामा ।
पलास्टिको पेस्तोल थान-३ ।





















Discussion about this post