उमेश कुमार साह,राजविराज। राजासहित हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि सप्तरीमा मंगलवार गर्न लागिएको र्याली प्रदर्शन विथोलिएको छ । जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र दाहाल–नेपाल समूहका नेकपाआवद्ध विद्यार्थीहरुले कार्यक्रम विथोल्दै र्यालीका लागि तयार गरिएको ब्यानर समेत जलाएको छ ।

विभिन्न आन्दोलनपछि जनताले पाएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न भइरहेको षड्यन्त्रको विरोध गर्दै विद्यार्थीहरुले राजावादीको र्याली विथोलिएका हुन् । ‘वर्षौदेखिको आन्दोलनपछि जनताले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका हुन्, तर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त अनेकौं षड्यन्त्र भइरहेको छ’ जनता समाजवादी पार्टीआवद्ध विद्यार्थी नेता श्याम कुमार यादवले भने–‘यो कदापी पनि हामीलाई स्वीकार्य हुँदैन ।’
अब उपरान्त पनि यस्ता खालका कुनै पनि गतिविधी गर्न नदिने र गर्न खोजे सशक्त रुपमा विरोध गर्ने विद्यार्थीहरुको अडान छ ।














Discussion about this post