उमेश कुमार साह,राजविराज। संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले कडा सुरक्षाका बीच सप्तरीको राजविराज सहित देशैभरिका सदरमुकामहरुमा बुधबार (आज) वृहत विरोध प्रदर्शन गरेको छ ।

पार्टीको सोमवार सम्पन्न आकस्मिक बैठकले गरेको निर्णय अनुसार देशैभरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा बिघटन विरुद्ध प्रदर्शन गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध र्यालीका सहभागीहरुले नाराबाजी गरेका छन् ।
यसैक्रममा संसद पुनस्र्थापनाको माग गर्दै राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएका र्याली राजविराजको गजेन्द्र चौक, शहिद चौकसहित नगर परिक्रमा गरेको छ । नगर परिक्रमा पश्चात पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभालाई पार्टीका केन्द्रीय तथा प्रदेश नेताहरुले सम्बोधन गरेका छन् ।
जुलुस प्रदर्शनका क्रममा सशस्त्र तथा नेपाल प्रहरीको टोलीले कडा सुरक्षा दिएका छन् । यद्यपी सुरक्षाकर्मीहरुले भने कार्यक्रममा अवरोध नपुर्याएको पार्टीका युवा नेता लक्ष्मण यादवले जानकारी दिएका छन् ।

पार्टीको सोमवार सम्पन्न आकस्मिक बैठकले गरेको निर्णय अनुसार देशैभरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभाको बिघटन विरुद्ध प्रदर्शन गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध र्यालीका सहभागीहरुले नाराबाजी गरेका छन् ।
यसैक्रममा संसद पुनस्र्थापनाको माग गर्दै राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएका र्याली राजविराजको गजेन्द्र चौक, शहिद चौकसहित नगर परिक्रमा गरेको छ । नगर परिक्रमा पश्चात गजेन्द्र चौकमा आयोजना गरेको विरोध सभालाई पार्टीका केन्द्रीय कार्यसमिति सदस्य रेणु यादव , संधिय सांसद चन्द्रकान्त चौधरी , प्रदेश सभा सदस्य ,नेत्रविक्रम शाह , विद्यार्थीका केन्दीय अध्यक्ष किसोर कुमार यादव सहितका नेताहरुले सम्बोधन गरेका छन् ।














Discussion about this post