उमेश कुमार साह, सप्तरी । विद्युत प्राधिकरण वितरण केन्द्र बोदेबरसाईन सप्तरीले विद्युत चुहावट शुन्यमा झार्न चुहावट नियन्त्रण टोली सक्रिय भएको छ ।बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित नेपाल विद्युत प्राधिकरण बोदे बरसाईन वितरण केन्द्रमा अत्यधिक विद्युत चुहावट हुन थालेपछि कार्यालयले नियमित विद्युत चुहावट नियन्त्रण टोली परिचालन गरेका छन् ।

हामी विभिन्न पत्रपत्रिका तथा रेडियो माध्यमले लक्षित ग्राहकलाई सचेत गराउदैँ आएको छौं । रात्री समयमा डारेक्ट हुकिङ्ग गरि अत्यधिक चुहावट गर्ने गरेकोले रात्री समयमा पनि चुहावट नियन्त्रण गर्न टोली परिचालन गर्न लागेको बोदे बरसाईन वितरण केन्द्र प्रमुख ईन्जिनियर प्रदिप शर्माले बताए ।

सो केन्द्रको २९ प्रतिशत चुहावट रहेको साउन महिना देखि मंसिर सम्ममा विद्युत चोरी गरि चुहावट गरेका ५६ जनालाई कार्वाही गरेको छ । यसरी कारबाही गर्दा दुई लाख ५८ हजार ८७५ राजस्व असुल उपर गरेको प्रशासन प्रमुख ललित कुमार चौधरीले बताए ।














Discussion about this post