उमेश कुमार साह।सप्तरीमा कृषि अनुदाको लागि तीन हजारभन्दा बढी किसानहरुले प्रस्तावना दर्ता गराएका छन् ।वास्तविक किसानहरुको पहुँच कृषि कार्यायल सम्म नभएको लगायतका विभिन्न किसिमका आरोप लागदै आए पनि यस वर्ष अनुदानमा किसानहरुले ३ हजारको संख्यामा कृषि ज्ञान केन्द्र सप्तरीमा प्रस्तावना दर्ता गराएको आवेदनले किसानहरुको पहुँच भएको कुरा प्रष्ट भएको प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह संगको व्यक्तिगत भेटघाटमा बताउनु भयो । साथै एउटै परिवारको किसानले पटक पटक अनुदान पनि पाउने छैन लगायतका कुरा बताउनु भयो ।

त्यसै गरी सानो सिंचाइको लागि स्यालो ट्युववेलमा एक हजार ३ सय, यान्त्रिकरण शीर्षकमा ३ सय ५०, सेड निर्माणमा ११, तरकारी खेतीमा एक हजार ४ सय गरी तीन हजार ६१ जना किसानले प्रस्तावना दर्ता गरेको कृषिज्ञान केन्द्र राजविराजका सूचना अधिकारी दिनेशप्रसाद यादवले जानकारी दिनुभयो ।

त्यसै गरी ट्याक्टर पावर टेलर एट्याचमेन्टमा ५० प्रतिशत, स्वचालितमा ७५ प्रतिशत, कृषि यन्त्रहरुको मर्मत सम्भारको लागि साझेदारी वर्कसपहरुको क्षमता अभिबृद्धिमा ८५ प्रतिशत, बीउ व्यवसायीमा ५० प्रतिशत, खाद्यान्न तथा तरकारी बीउ उत्त्पादन तथा बजारीकरण प्रवर्धनमा ५० प्रतिशत, कृषि हाटबजार सुदृढीकरणमा ८५ प्रतिशत, मौरी उत्पादन तथा बजारीकरणमा ५० प्रतिशत, फलफूल विरुवा रोपन तथा पर्यावरणीय संरक्षणमा ५० प्रतिशत, सिंचाइ तथा कृषि यान्त्रिकरणमा ८५ प्रतिशत अनुदानमा प्रस्ताव आह्वान गरेको कृषिज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले बताउनुभयो ।
कृषिज्ञान केन्द्रले २१ दिनको म्यादमा अनुदान सुविधाको लागि किसानसँग प्रस्ताव आह्वान गरेपछि किसानहरुले यति संख्यामा प्रस्तावना दर्ता गराएका हुन ।















Discussion about this post