जनकपुरधाम।महोत्तरी कि सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को उपाधी जितेकी छिन। शनिबार राति सम्पन्न मिस नेपालको २६ औं संस्करणमा सहभागी प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल इन्टरनेसनलको उपाधी जितेकी हुन।
त्यस्तै मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।
नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् । नम्रताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि सिमल कनौजियाले पाएकी छन्।
त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्। यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।
Discussion about this post