सप्तरी । सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।रुपनि गाउँपालिका वडा नम्बर १ का राजेश कुमार यादवकी २४ वर्षीया श्रीमती रमिला देवी यादवको घर नजिकैको खेतमा काम गर्न गएको बेला अचानक माहुरीले टोक्दा मृत्यु भएको हो ।
माहुरीको टोकाइबाट सख्त घाइते भएकी रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंंह अञ्चल अस्पतालमा पोष्टमार्टमकालागि पठाइएको छ ।














Discussion about this post