महोत्तरी।बलात्कारपछि हत्या गरिएकी बर्दिबास-१४ शुभम बस्तीकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको शव पोस्टमार्टमको चारदिन हुँदा पनि प्रादेशिक अस्पतालकै शव गृहमा छन् ।
बालिकाको शवको गएको मंगलबार नै पोस्टमार्टम समेत भइसकेको प्रादेशिक अस्प्तालका निमित मेडिकल सुपरिटेन्डेन्टा डा. जामुन प्रसाद सिंहले जानकारी दिए । तर पोस्टमार्टमको चारदिन हुँदा पनि मृतक परिवारले अझैसम्म शव बुझेको छैन ।
गएको आइतबार साँझ बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी छारी गुलाब्साको शव सोमबार मध्यराति बस्ती नजिकै बोरामा भेटिएको थियो ।
मंगलबार बालिकाको शवसहित बर्दिबाचोकमा स्थानीयले प्रदर्शन गरिरहेको बेला प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी शव खोसेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको थियो । अस्पतालका अनुसार सोहि दिन बालिकाको शवको पोस्टमार्टम भएको हो । बालिकाको शव मृतक परिवारले नबुझेपछि अस्पतालकै शव गृहमा छन् ।
Discussion about this post