काठमाडौं।सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै मंसिर २ गते किजा पूजाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको छ। भाइटीकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइपूजा मनाउने गर्छन्। यस वर्ष मंसिर १ गते भाइटीका परेको छ।
किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ।शनिवारदेखि सोमबारसम्म तिहारको विदा परेको छ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति
Discussion about this post