उमेश कुमार साह,सप्त्तरी।सप्तरीको बलान बिहुल गाउँपालिकामा तलब र भत्ता नपाएपछि सप्तरी बलान बिहुल गाउँपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन । लामो समय सम्म तलब भत्ता नपाएपछि दसैं खल्लो भएको भन्दै शिक्षक, स्वास्थ्यकर्मीलगायतका सम्पुर्ण कर्मचारीले गा.पाको उदासीनता प्रति चिन्ता ब्यक्त गरेका छन । सोमबार आन्दोलित कर्मचारीले गाउँपालिका कार्यालय अगाडि धर्ना दिएका छन !
उता गा.पा स्रोतअनुसार परिषदमा भएको ढिलासुस्तीले यस्तो समस्या भएको जनाएको छ । नाम नखोल्ने शर्तमा एक कर्मचारीले भने ‘जनप्रतिनिधिहरुको ब्यक्तिगत स्वार्थका कारण परिषदमा ढिलाई भएको हो । योजना बाँडफाँड नमिलुन्जेल सम्म हाम्रो तलब रोक्नु अन्याय हो ।’
Discussion about this post